Showing posts with label अनुष्टुप्. Show all posts
Showing posts with label अनुष्टुप्. Show all posts

Monday, August 13, 2018

म विद्यार्थी

म विद्यार्थी (अनुष्टुप्)
बाल कविता

आज्ञाकारी र ज्ञानी छु, कदापि झूट बोल्दिनँ
म आफ्नो कर्ममा लाग्छु चाहे होस् रात या दिन ।
फूल जस्तै बगैँचाको घाम जस्तै छु चम्किलो
नमस्कार सबैलाई गर्छु म छु मिजासिलो ।।

दाजु, भाइ, दिदी, बैनी सँग रिस गरूँ किन ?
छु बुझ्ने, झगडा गर्ने साथीसँग म बाझ्दिनँ ।
ठूलो हुँदैन बोलेर, गरेर व्यर्थका कुरा
सिक्दैछु नगरी अल्छी पुग्नेछु माथि टाकुरा ।।

स्वस्थ खानेकुरा खान्छु, सफा लुगा लगाउँछु
पढ्छु, लेख्छु, खुसी हुन्छु, हाँस्छु, खेल्छु, रमाउँछु ।
हुर्किँदैछु म हूँ आज यौटा सुन्दर कोपिला
भोलि फुल्नेछु, फल्नेछु, बन्नेछु धेर काबिल ।।

खराब काममा लागे सबैजना रिसाउँछन्
राम्रो कर्म, मिठो बोली मात्र मन पराउँछन् ।
पाएको गुरुको माया, प्रेम सकिन्न बिर्सिनै
मेरो गल्ती भए केही क्षमा माग्छु अगाडि नै ।।

विद्यालय सधैँ आई , बस्छु सम्झेर मन्दिर
फर्किन्छु म लिई ज्ञान गुरु हुन् श्रेष्ठ ईश्वर ।
सम्झिन्छु म बुवाआमा जति टाढा पुगेपनि
म बाँचे जसले गर्दा, बाँच्यो सुन्दर जीवनी ।।

Friday, July 6, 2018

छन्दकाे महत्व

अथाह ज्ञान भण्डार शीर्ष विन्दु बुझाइकाेअर्थ छैन भनी बुझ्दा उचाइ किन चाहियाे?
रित्ताे हात हुँदा सम्म भएसरी टनाटन
सदैव मनमा शान्ति मिल्छ अानन्द जीवन ।।

अरूकाे खाेजमा हैन अाफैँभित्र हराउँछन्
सारा भुलेर संसार देशमा स्वर्ग पाउँछन् ।
चिम्लिएर दुबै अाँखा मुर्ति झैँ ध्यान गर्दछन्
माथिल्लाे तहका मान्छे हुन् ती जाे छन्द जान्दछन् ।।

Thursday, July 5, 2018

मग्मगाअोस् जगत् सारा सृजनाको सुवासले

छातीबाट दुर्इ शब्द निकाली शुभकामना  
पुरा हाेस् लेखिएका यी भन्दै गरूँ म प्रार्थना ।
छ उपहार पाएकाे अमूल्य याे समाजले
मग्मगाअोस् जगत् सारा सृजनाको सुवासले ।।

चाहे अाएर भूकम्प लडाेस् धरहरा सब
धड्किरहाेस् हियाे तिम्राे बनेर शान्तिकाे स्थल ।
सुन्दर भाे तिमीबाट सिकाे गरेर देशले
मग्मगाअोस् जगत् सारा सृजनाको सुवासले ।।

नहाेस् न हातमा केही रहाेस् मुस्कान अाेठमा
 तिम्रै नाम छनाेटमा ।
राेगव्याधि उडाएर टाढा लगाेस् बतासले
मग्मगाअोस् जगत् सारा सृजनाको सुवासले ।।