Showing posts with label भुजङ्गप्रयात. Show all posts
Showing posts with label भुजङ्गप्रयात. Show all posts

Thursday, May 5, 2022

सानो इच्छा

कुनै पाहुना मात्र हूँ यो घडीमा
दुईरात बस्नेछु यो झोपडीमा
कसैको नखोसी दुई गाँस खाऊँ
म सानो छु सानै भए पुग्छ ठाउँ ।

नबाँचू कसैको दुखाएर चित्त
नदेखूँ कुनै स्वप्न आफ्नो निमित्त
उडी माथि आकासमा पुग्नलाई
भुईँको धुलोले नरोकोस् मलाई ।

कुनै चीज पाएर मुठ्ठी कसेर
ममा छैन बाँच्ने कला खुम्चिएर
चरा हूँ कुनै पिञ्जरा भित्र छैन
म उड्दैछु आकाश यो सिद्धिदैन ।

लिई जिन्दगानी कुनै कोपिलाको
गरूँ एक यात्रा दुई पाइलाको
महासिन्धु बन्ने कुनै छैन चाह
म थोपा बनूँ प्यास मेट्ने अथाह ।

Monday, September 10, 2018

चुँडे दैत्यले फूल फुल्नै नपाई

छिमेकी र आफन्त आफ्ना रहेनन्
खुसी साथ बाँच्दा कसैले सहेनन् ।
अहो ! हल्लिए पात हावा नआई
चुँडे दैत्यले फूल फुल्नै नपाई ।।

कतै आउलान् शत्रु नेपालभित्र
भनी कुर्दछन् साँधमा देशभक्त
यहीँ छाउनीभित्र आगो लगाई
चुँडे दैत्यले फूल फुल्नै नपाई ।।

हुँदा बाहिरी रूप मान्छे हुँदैन
दया लाग्छ जोसङ्ग मस्तिष्क छैन ।
हिँडे हुन्छ नाङ्गो उदाङ्गो बनाई
चुँडे दैत्यले फूल फुल्नै नपाई ।।

सतीले सरापेर आँखा खुलेको
भयो फेरि अन्धो, कठै! देश मेरो ।
स्वयम् बाग कल्याण सोच्दैन माली
चुँडे दैत्यले फूल फुल्नै नपाई ।।


बग्यो अश्रुधारा निचोरेर चित्त
सबै शोकमा छन् उनैका निमित्त ।
अरे ! दैव कस्तो भयो बोट खाली
चुँडे दैत्यले फूल फुल्नै नपाई ।।

म यो जिन्दगी अर्पिऊँ देशलाई

जहाँ वेदना सुन्न कोही हुदैन
कमाएर पैसा कुनै अर्थ छैन ।
गए दूर खाडी सबै दाजुभाइ
म यो जिन्दगी अर्पिऊँ देशलाई ।।

गुनासो हुदै हुन्न मीठो नमीठो
म बाँच्नेछु खाएर माटो यहीको ।
अरू स्वर्गको छैन आशा मलाई
म यो जिन्दगी अर्पिऊँ देशलाई ।।

प-यो हेर्न कस्तो मरेझै भएँ म
धनी बन्न सन्तान बैच्दैछ आमा !
खुवाइन् पिलाइन् स्वयम् ऊ नखाई
म यो जिन्दगी अर्पिऊँ देशलाई ।।

गरी ज्यानको दाउ पुर्खाहरूले
यही देशको निम्ति नक्सा बचाए ।
म माली र यो देश हो फूलबारी
म यो जिन्दगी अर्पिऊँ देशलाई ।।

Friday, March 2, 2018

चलेकै छ अाज

दुवैपट्टि टाेली चलेकै छ अाज
मलामी र डाेली चलेकै छ अाज

तिमी रङ्गिएकी हिजाे मात्र हैनाै
म देख्दैछु हाेली चलेकै छ अाज

यहाँ शान्ति धेरै सुरक्षा छ भन्छाै खुलेअाम गाेली चलेकै छ अाज

न अाफन्त धेरै न सम्पत्ति पैसा
हुँदा भाेक बाेली चलेकै छ अाज

शुभारम्भ तिम्राे भयाे जिन्दगीकाे
यता वक्ष पाेली चलेकै छ अाज

Tuesday, February 20, 2018

बिलाएर हामी सबै जानुपर्छ

छन्द: भुजङ्गप्रयात
गणसङ्केत: ISS ISS ISS ISS

बिलाएर हामी सबै जानुपर्छ
अहङ्कार मर्दा सँगै लानुपर्छ

छ सम्पत्ति ज्यादा छ पैसा नभन्नु
हुँदा भोक खानेकुरा खानुपर्छ

बसेको छ ठूलो बनाएर छाती
परे भार आकाश उत्तानु पर्छ

सदा बोल राम्रो स्वादिष्ठ भाषा
यही हो सदाचार स्वीकार्नुपर्छ

धनी बाबुआमा सबैको हुदैनन्

Thursday, February 8, 2018

निकुञ्ज अभ्यासमालाको ६१ औँ शृङ्खला

निकुञ्ज अभ्यासमालाको ६१ औँ शृङ्खला
छन्दः भुजङ्गप्रयात
समस्या शीर्षक -  लोकतन्त्र
अभ्यासकाल- साँझ ८ देखि ९ बजे
मितिः २१ माघ ०७४
**************
किने कार्यकर्ता उठाएर बस्ती
चढी कार चिल्लो धनी गर्छ मस्ती
जिताऊ न पार्टी दिई भोट भन्छ
नबुझ्ने मलाई कहाँ लोकतन्त्र।।

हिँडेको छ राखेर बेग्लै इरादा
स-साना सिँगाने त पल्टिन्छ दादा
थिए जाति धेरै  बरू अन्य तन्त्र
नबुझ्ने मलाई कहाँ लोकतन्त्र।।
-विजय तामाङ
*************
https://m.facebook.com/groups/954096397945375?view=permalink&id=1783342965020710
**************

निकुञ्ज अभ्यासमालाको ६० औँ शृङ्खला

निकुञ्ज अभ्यासमालाको ६० औँ शृङ्खला

छन्दः भुजङ्गप्रयात
समस्या शीर्षकः
समाप्तै हुने हो कि यो देश मेरो
अभ्यासकालः साँझ ८ देखि ९ बजे
मितिः २० माघ ०७४
*****************
नयाँ धर्म भाषा यहाँ भित्रिए है
मिठा शब्द बोली रुचाइन्न खासै
थिए वीर पुर्खा छ स्वप्न पसारो
समाप्तै हुने हो कि यो देश मेरो

घमण्डी भएछन् सबै दाजुभाई
बुझेरै गरे पाप काटेर गाई
गुदी राष्ट्रवादी भएको छ खोक्रो
समाप्तै हुने हो कि यो देश मेरो

किनेको सबै भोट बेकाम होला
धनी बन्छ नेता र बेचिन्छ खोला
सुनाऊ तिमी जे छ नेपाल प्यारो
समाप्तै हुने हो कि यो देश मेरो
विजय तामाङ
***************
https://m.facebook.com/groups/954096397945375?view=permalink&id=1782328948455445
***************