Showing posts with label झ्याउरे लय. Show all posts
Showing posts with label झ्याउरे लय. Show all posts

Sunday, February 25, 2018

मायाकाे महत्व

निकुञ्ज अभ्यासमालाको ८१ औँ शृङ्खलामा आज हामी नेपाली लोकलय झ्याउरेमा अभ्यास गर्नेछौँ । झ्याउरे नेपालको अत्यन्त प्रसिद्ध लोकलय हो । देवकोटाका मुनामदन, कुञ्जिनी, माधव घिमिरेको पापिनी आमा लगायत विभिन्न खण्डकाव्यहरूमा यसको सशक्त प्रयोग भएको देखिन्छ । दुर्इ हरफको एक पद्य मानिने यस झ्याउरे लयमा एक हरफमा १६ अक्षर हुन्छन् भने शास्त्रीय छन्दमा झैँ यसलार्इ गण या मात्रागणनाको दायरामा राखिँदैन । स्थिति हेरेर स्वरको उच्चारणमा आवश्यकताअनुरूप लघुलार्इ गुरु र गुरुलार्इ लघु पनि उच्चारण गर्ने प्रचलन छ । नेपाली समाजमा भिन्न भिन्न झ्याउरे लय प्रसिद्ध छन् । तीमध्ये मुनामदनको लय सर्वाधिक लोकप्रिय छ । आज हामी सोही लयमा लेखनको अभ्यास गर्नेछौँ । झ्याउरे लयमा एक श्लोकमा दुर्इ हरफ हुने भनिए पनि हामी आज चार हरफलार्इ एक पद्य मानी अभ्यास गर्नेछौँ । जसमा चतुर्थ हरफमा समस्या अनिवार्य रूपमा आउनुपर्नेछ । 
छन्द - झ्याउरे (लोकलय) 
अक्षर - ३+२/३+२/३+३ = १६ 
विश्राम - पञ्चम, दशम र अन्तिममा । 
समस्या - मायाकाे महत्व। 

चल्दैछ यहाँ परीक्षा हाम्राे उत्तीर्ण हुनुछ
कर्तव्य पुरा गरेर अर्कै लाेकमा जानुछ
सङ्कीर्ण बनी घृणा र इर्ष्या गरेर के पत्ताे
सद्भाव राखाैँ सबैमा बुझाैँ मायाकाे महत्व
- विजय तामाङ

Saturday, February 24, 2018

संस्कार हाम्राे मनमा बस्छ मेटेर मेटिन्न ।

निकुञ्ज अभ्यासमाला ८० औँ शृङ्खला 
 छन्द - झ्याउरे (लोकलय) 
अक्षर - ३+२/३+२/३+३ = १६ 
विश्राम - पञ्चम, दशम र अन्तिममा । 
समस्या - संस्कार हाम्राे मनमा बस्छ मेटेर मेटिन्न ।


झुक्दछन् शिर नेपाली टाेपी माथमा नभए
अात्मामा अाफ्नै इज्जत हुन्न सत्कर्म नगरे
काटेर अाफैँ अरुकाे पूजा सत्कार गरिन्न
संस्कार हाम्राे मनमा बस्छ मेटेर मेटिन्न ।

काेपिला सुके फुल्दैन फेरि पालुवा लागेर
नेपाली कहाँ नेपाली हुन्छाैँ नेपाल भूलेर ?
पुर्खाले हाम्राे लेखेकाे जस्ताे लेखेर लेखिन्न
संस्कार हाम्राे मनमा बस्छ मेटेर मेटिन्न ।
- विजय तामाङ