Showing posts with label विधाता. Show all posts
Showing posts with label विधाता. Show all posts

Wednesday, July 4, 2018

सडक

म हिँड्ने मार्ग फाटेकाे लुगाजस्ताे चिरा पर्छ
भराेसा छैन पैताला कुनै गन्तव्यमा पुग्छ ।
जँचार्इ ज्याेतिषीलार्इ म यात्रा थालनी गर्छुदशा फेरिन्छ बाटाेमा म यस्ताे देशमा बस्छु ।।

सधैँ बाढी र पैराेकाे बडाे सन्त्रासमा हुन्छन्

त्यहीँ बस्दा गरी खाने कुनै बाटाे नपाएर
बिरानाे देशमा अाएँ म एक्लै गाउँ छाडेर ।।
भए निर्धा बुबाअामा कसैकाे अासमा हुन्छन्
सधैँ बाढी र पैराेकाे बडाे सन्त्रासमा हुन्छन् ।।

Saturday, April 28, 2018

त्यसैबेला

गरे आफन्त साराले खिचातानी त्यसैबेला
मिठाई बाँड्छ साथीले खुसी मानी त्यसैबेला

बनायौँ योजना यस्तो अँध्यारो रातमा भाग्ने
सुनेको रैछ भित्ताले कुराकानी त्यसैबेला

बसेँ चुपचाप कक्षामा गयो शिक्षक पढाएर
नबोली जिन्दगी ज्यूने बस्यो बानी त्यसैबेला

मजा लाग्थ्याे कुरा गर्दा इसाराले तिमीसङ्ग
नजानेरै भएको हो चिनाजानी त्यसैबेला

Sunday, April 22, 2018

जगत् सारा अटाएको म देख्ने गर्छु आमामा

फुलेछन् फूल हाँगाको सहारा नित्य पाएर
त्यसैमा कोपिलाजस्तै फुल्यो काँडा रमाएर ।
छ राम्रो को नराम्रो को ? दुबै छन् एक आँखामा
जगत् सारा अटाएको म देख्ने गर्छु आमामा ।।

उज्योला बूँद पानीका बगे जन्मेर छागाँमा
पुगे माटो निको पार्दै सबै धर्ती किनारामा ।
अहो! के गीत गाएको चराले मातृभाषामा ?
जगत् सारा अटाएको म देख्ने गर्छु आमामा ।।

थाहा नपाएझैँ

मनैमा काटिए दुख्ने कुरा थाहा नपाएझैँ
चलायौ फेरि छातीमा छुरा थाहा नपाएझैँ

मजस्तै छट्पटाएकी रहेछौ अर्धनिद्रामा
इसाराले बजाएछौ चुरा थाहा नपाएझैँ

नियम हो छुट्टिनैपर्ने लिई चिन्ता तिमी रून्छौ
कहानी सत्य प्रेमीको पुरा थाहा नपाएझैँ

कतै धोका मिल्यो भन्दै यहाँ आई गजल लेख्छौ
के खोज्छौ ओखती अर्को सुरा थाहा नपाएझैँ ?

Thursday, February 8, 2018

निकुञ्ज अभ्यासमाला ६३ औं श्रृङ्खला

निकुञ्ज अभ्यासमाला ६३ औं श्रृङ्खला
छन्द:विधाता
समस्या/शीर्षक:देशकाे माया
२०७४/१०/२३
**************************
हिँड्यो नेपालको बारे कतै भन्दै नराम्रो ऊ
म आगो झैँ भई उस्को फलाएँ तालुमा आलु
अवस्था आज के हुन्थ्यो नपाएको भए छायाँ
जरा जस्तै छ छातीमा सदा यो देशको माया
- विजय तामाङ
**************************
https://m.facebook.com/groups/954096397945375?view=permalink&id=1785419458146394
**************************
🌹🌹🌹🌹🌹

निकुञ्ज अभ्यासमाला :६२

निकुञ्ज अभ्यासमाला :६२
मिति:२०७४/१०/२२
छन्द :विधाता
विषय/शीर्षक :लगाऔं देशमा मायाँ बनाऔं शक्तिशाली झन्।।
🌹🌹🌹🌹🌹
महा भूकम्पले ढाले उठौँ हामी सकुञ्जेल
गरी आशा विदेशीको तिमी सुत्छौ कतिञ्जेल
नजाऊँ है कतै टाढा यहीँका याद प्यारा छन्
लगाऔँ देशमा माया बनाऔँ शक्तिशाली झन्

मनोमानी यहाँ गर्दा बिगारे धर्म भाषा यो
हराए सिर्जना आफ्नै सबै चोरेर अर्काको
सुनौँ सङ्गीत प्रेमीका चरा डाँफे यहाँ भन्छन्
लगाऔँ देशमा माया बनाऔँ शक्तिशाली झन्
- विजय तामाङ
🌹🌹🌹🌹🌹
https://m.facebook.com/groups/954096397945375?view=permalink&id=1784412788247061
🌹🌹🌹🌹🌹