Showing posts with label पद्य कविता. Show all posts
Showing posts with label पद्य कविता. Show all posts

Saturday, March 23, 2019

सानो छ मेरो घर


ढोकाबाट प्रवेश गर्नु पहिले ठोकिन्छ ठाडो शिर
मैले झुक्न सिकेँ यहीँ जमिनको मोती टिपेँ आखिर ।
मान्छेको व्रतबन्ध हुन्छ, यसको फेरिन्छ छानो-खर
सारा मानव जन्म उद्धृत हुने सानो छ मेरो घर ।।

भोकाए पछि एक पेट भरिए मीठो छ आँटा पनि
माटो स्पर्श गरेर रात सकिए प्यारो छ निद्रा पनि ।
आशा छैन उचालिने न त कुनै पाताल खस्ने डर
धर्तीमै अमरावती सरह यो सानो छ मेरो घर ।।

आफ्नो सुक्ष्म प्रभा रहेछ, झुपडी ज्यादै ठुलो सम्झिई
राती देह जलाउँदै जुनकिरी पस्छन् उज्यालो लिई ।
बल्दैछन् छतमाथि दीपकहरू आकासमा सुन्दर
बाह्रै मास तिहार झैँ झिलिमिली सानो छ मेरो घर ।।

मेरा हार्दिक मित्र हुन् कुसुम यी उद्यान हो आँगन
मात्रै यो घर हैन तीर्थ छ यहीँ रम्दैन कस्को मन ?
यो छाती छ फराकिलो मुलुकनै राखे अटायो तर
आफ्नो खातिर धेर ठाउँ नलिने सानो छ मेरो घर ।।

Thursday, March 22, 2018

रङ्गकाे पर्व अायाे

रङ्गकाे पर्व अायाे

धेरै धेरै समयअघिकाे याद फर्केर अायाे
डाडाकाँडा सबतिर यहाँ रङ्गकाे पर्व अायाे
हाँस्थ्याैँ खेल्थ्याैँ कति सँगसँगै चाड अाअाेस् नअाअाेस्
मायावी त्याे सब क्षणहरू भावना सम्झना हाेस्
तर्दै गर्दा जब विरहकाे अाँसुकाे भेल ल्यायाे
अर्काे झल्काे अलिकति लिर्इ रङ्गकाे पर्व अायाे
राताे ताजा जब रगत हाे हुन्छ कालाे पुरानाे
मान्छे चिन्ने कुन छ तरिका लाग्दछन् भीडभाड
मस्ती गर्छन् सडकबिचमा अाज अाएर चाड
 भाेलि हाेली परेछ

Monday, February 5, 2018

ओहोरदोहोर

ओहोरदोहोर

भित्र, म भित्र
मेरो मुटुको अर्थात्
मेरो जीन्दगीको सबैभन्दा नजीक
जहां निरन्तर,
धैर्यताकासाथ,
म चलुं या ढलुं
पुग्दै फर्कंदै गरीरहन्छ यो हावा

जांदा एउटा आभाष लेर जान्छ
कसैको
जो त्यहां आजपनि उसरी नै टहल्दैछ
मलाई ब्युंझाउंदै तर्साउंदै
जसरी हावा मभित्र दौडधुप गर्छ
हो त्यसैको
जांदा नसुनिने;
कहिल्यै नसुनिएको आवाज लेर जान्छ

लगत्तै केही आत्तिन्छन्;
मात्तिन्छन्; तात्तिन्छन्;
जो एक्लै दुनियां सामु
आज बीच मण्डपमा मञ्चित छिन्
ठीक उसैलाई
आफ्नै गोरेटोमा हराएकी देख्दा
रगत खुसी भै दौडिन्छ
त्यही रगतमा मन पौडिन्छ
जति चालेनि डुब्छ तर मर्दैन
हो मन मर्दैन

सबै त्यहीं हुन्छ
हुनसक्ने र हुने
त्यहीबेला हुन्छ
जब सबै निस्किन्छ
जो भित्रबाट, म भित्रबाट
मेरो मुटुको अर्थात्...