Showing posts with label मुक्तक. Show all posts
Showing posts with label मुक्तक. Show all posts

Monday, April 30, 2018

प्रतिस्पर्धामा पठाइएका मुक्तकहरू

१) देश प्रेम
गाउँ टाेल साथीभाइ अनि त्याे परिवेश सम्झन्छु
विमानमा एकपटक अामाबुवाकाे उपदेश सम्झन्छु
खाली हात पनि के फर्किनु यार भन्छ एक मनले
एकछिन साेच्छु मन हलुङ्गाे हुन्छ जब देश सम्झन्छु ।

जसरी सुन्दर फूलहरू हाँगामा छ
सबै मान्छेहरू माटाेकाे जिम्मामा छ
मेराे देश नेपाल नक्सामा के खाेज्छाै यार ?
सीमाना काेरिएकाे दिलकाे भित्तामा छ ।

२) मायाप्रेम

३) बिकृति/बिसङ्गती
समस्या बताउनेलार्इ अनेक राय दिनुपर्छ
मूर्खलार्इ पनि त खुसी हुन उपाय दिनुपर्छ

मानिस समान छन् सबैलार्इ न्याय दिनुपर्छ
दीन, दुःखी, गरिबलार्इ बाँच्ने उपाय दिनुपर्छ
दाइजाे र मानव बेचबिखन उस्तै त हुन्
पैसाकाे पछि लाग्नेलार्इ सजाय दिनुपर्छ ।

जब विदेश सक्रिय देश निष्क्रिय भयाे
सबै नेता र जनता अन्तराष्ट्रिय भयाे
अाफ्नाे सस्ताे राम्राे चलन बिर्सिएर
अायातीत नक्कली सामान प्रिय भयाे ।

Thursday, February 8, 2018

हुने थियो

मलाई जस्तै तिम्लाई पनि चाह हुनेथियो
र एकअर्काको सबै कुरा थाहा हुनेथियो
युगौँयुग टिक्ने थियो हाम्रो माया प्रिति
दुनियाँले देख्दा मनमा डाह हुने थियो

सपनाजस्तै लाग्छ

आजकल बिपना पनि सपनाजस्तै लाग्छ
सामुन्ने आउँछौ तिमी सपनाजस्तै लाग्छ
थाहा छैन कतिखेर झल्याँस्स ब्युँझिनुपर्छ
त्यसैले यो जिन्दगी सपनाजस्तै लाग्छ

Monday, February 5, 2018

अझै तिमी भित्र

अविश्वासको कुईरो रैछ, अझै तिमीभित्र
शंकैशंकाको धुईरो रैछ, अझै तिमीभित्र
मरिमेट्छु साथी भनी म चैं एकोहोरो
मुटु छेड्ने सुईरो रैछ, अझै तिमीभित्र

तिमी बिना पनि

भाग्य फुराउंनेछु, तिमी बिना पनि
म मुस्कुराउंनेछु,  तिमी बिना पनि
मेरो पनि आफ्नै संसार छ प्रिय
लगन जुराउंनेछु,  तिमी बिना पनि

के भाको होला

मीठो नि तित्तो, के भाको होला
संसारै रित्तो, के भाको होला
जीन्दगीभर साथ दिन्छु भन्थी
अत्तो न पत्तो, के भाको होला

पत्तो छैन

देखाको या लुकाको पत्तो छैन
कसेको या फुकाको पत्तो छैन
पक्कै उसले क्यै बिगारेकै होला
किन हो शीर झुकाको पत्तो छैन

तयार छु प्रिय

भरमा पर्छ्यौ भने, तयार छु प्रिय
आशा गर्छ्यौ भने, तयार छु प्रिय
सँधै संगै बांच्न नसके पनि
संगै मर्छ्यौ भने, तयार छु प्रिय

त्यो मान्छेले

क्यै नगुमाई क्यै पाउंछ त्यो मान्छेले
खै के के खान भ्याउंछ त्यो मान्छेले
नत्र कसरी अमृत बिष बन्छ र ?
सबै चपाउंछ पचाउंछ त्यो मान्छेले

बन्न नखोज

साथी जिउंदो लास बन्न नखोज
यस्तो कुरामा उदास बन्न नखोज
आफैंलाई आफ्नै नजरमा गिराएर
कसैको नजरमा खास बन्न नखोज

याद गर

मरी मेट्दैछु त्यै भन्न याद गर
दुरी छेड्दैछु त्यै भन्न याद गर
भैसक्यो भयो भन्न मात्र बांकी छ
फेरी भेट्दैछु त्यै भन्न याद गर