Showing posts with label पञ्चचामर. Show all posts
Showing posts with label पञ्चचामर. Show all posts

Monday, September 24, 2018

भविष्य अन्धकार छ

विदेशिए युवाहरू भुलेर भूमि उर्वर
विकास हुन्छ देश के रहेन आत्मनिर्भर !
स्वदेश, भेष मासिए छ अर्थहीन वैभव
चढ्यौ भने विमानमा भविष्य अन्धकार छ !!

सबै जहान मारिए छिमेकमा जल्यो घर
निदाउँदै थिए सबै समीप गाउँले तर !
सदैव व्यर्थ स्वार्थको पछाडि हिँड्छ मानिस
परोपकार बिर्सिए भविष्य अन्धकार छ ।।

बुझेर सार जन्मको गरेर कर्म सज्जन
हुनेछ राज्यमा युगौँ यही कुरा समर्थन !
उदार चित्त काटिए स्वयम् जितेर  हार छ
जरा विहीन फूलको भविष्य अन्धकार छ !!

कहाँ छ धर्मको कुरा, कहाँ छ बाल रौनक ?
सबेर मार्गमा कतै बसेर माग्छ बालक !
स्वयम् अतीतका कथा र वर्तमान भार छ
नसम्झ भोलिका कुरा भविष्य अन्धकार छ !!

विभेद द्वन्द्व आपसी उपाय छैन मोजले
अनेक चाडपर्वमा जुवा र तास भोजले !
गरूँ छ काम सोचिए स्वदेश नित्य बन्द छ
बुझेर सम्झिए अहो ! भविष्य अन्धकार छ ।।

Sunday, April 29, 2018

महत्वपूर्ण लागेन

बुझेर आउँदा तिमी महत्वपूर्ण लागेन
यसै छ ब्यर्थ जिन्दगी महत्वपूर्ण लागेन

हुने कुरा हुँदै गयो निरीह भै हेरीरहेँ
के बाँध्नु हातमा घडी महत्वपूर्ण लागेन

समातिनैछ अन्त्यमा के गर्नु आज भागेर
कुनै उपाय औषधी महत्वपूर्ण लागेन

दुई दिने छ जीवनी  मरेर लानु के छ र ?
गरूँ अनेक नोकरी महत्वपूर्ण लागेन

लेखेँ हरेक मोडमा बिछोडमा गजलहरू
समेट्न यादमा केही महत्वपूर्ण लागेन

Thursday, April 12, 2018

जिन्दगी १२५

निकुञ्ज अभ्यासमालाको १२५औं श्रृङ्खलामा हामी पञ्चचामर छन्दमा अभ्यास गर्नेछौं। 
 छन्दः-पञ्चचामर 
सङ्केत:-isi sis is,i sis isi s 
विषय:-जिन्दगी

वियाेग शाेक भाेकले गुमाउँदै छु धेर्यता
यथार्थ हाे कि स्वप्न हाे सदैव गर्छु कल्पना ।
मसङ्गकाे सबैकुरा सँधै सँगै रहन्छ र ?
कि जिन्दगी  व्यर्थ छ ?

Tuesday, April 10, 2018

फुटेर हैन देशमा जुटी अगाडि बढ्नु छ

अमानवीय कार्यले सदैव देश व्यग्र छ
बुझाइकाे सिकाइकाे अभाव विद्यमान छ ।
हिमालकाे पहाडकाे इमान उच्च राख्नु छ
फुटेर हैन देशमा जुटी अगाडि बढ्नु छ ।।

Friday, February 23, 2018

अचम्मकाे छ जिन्दगी

निकुञ्ज अभ्यासमाला ७९ औँ शृङ्खला
छन्द - पञ्चचामर गण - ज र ज र ज गु 
गणसङ्केत - ISI SIS ISI SIS ISI S 
विषय - जिन्दगी । 

समुन्द्र पुग्ने लक्ष्य हाे नदीजसाे निरन्तर
व्यथाहरू अथाह छन्  कुनै हिसाब हुन्छ र ?
हटाउँछन् यदाकदा गरी प्रयाेग अाेखती
पुरा विचार हुन्न है अचम्मकाे छ जिन्दगी ।

भुलेर स्वर्गसम्मकाे उडान एकचाेटि हाे
गरेर व्यर्थ सामना असङ्ख्य राेगव्याधिकाे
प्रशस्त साल बाँचियाे रहस्य गाेप्य तैपनि
 यथार्थ हाे कि कल्पना अचम्मकाे छ जिन्दगी ।

Thursday, February 22, 2018

सुवास शान्तिको छरौँ म देशको कुना कुना

निकुञ्ज अभ्यासमाला ७८ औँ शृङ्खला
छन्द - पञ्चचामर 
गण - ज र ज र ज गु 
गणसङ्केत - ISI SIS ISI SIS ISI 

म माथि माथि चन्द्रमा सँधै छुने प्रयासमा
उचाल्छु पाइला यहाँ सदैव अग्रपङ्तिमा
प्रसन्न चित्त देवकाे  गरी सदा उपासना 
सुवास शान्तिको छरौँ म देशको कुना कुना

जय हाेस् ।

रफ


सदा अथाह मित्रता रहाेस् छ धेर कामना
उचाल्छु पाइला अथाह अग्रपङ्तिमा सँधै
प्रसन्न चित्त देवकाे  गरी सदा उपासना
सुवास शान्तिको छरौँ म देशको कुना कुना

मुसुक्क हाँस्छु प्रेम गाँस्छु बाँड्छु प्रेरणा यहाँ
सदा अथाह मित्रता रहाेस् छ धेर कामना
उभिन्छु लालसा र लाेभ पापकाे विरूद्धमा
सुवास शान्तिको छरौँ म देशको कुना कुना 

सुवास शान्तिको छरौँ म देशको कुना कुना