यसै छ ब्यर्थ जिन्दगी महत्वपूर्ण लागेन
हुने कुरा हुँदै गयो निरीह भै हेरीरहेँ
के बाँध्नु हातमा घडी महत्वपूर्ण लागेन
समातिनैछ अन्त्यमा के गर्नु आज भागेर
कुनै उपाय औषधी महत्वपूर्ण लागेन
दुई दिने छ जीवनी मरेर लानु के छ र ?
गरूँ अनेक नोकरी महत्वपूर्ण लागेन
लेखेँ हरेक मोडमा बिछोडमा गजलहरू
समेट्न यादमा केही महत्वपूर्ण लागेन