Sunday, February 4, 2018

गफै पो हो कि


सँगै बाँच्ने सँगै मर्ने गफै पो हो कि
अहिलेसम्म तिम्ले गर्ने गफै पो हो कि
//
ठीकै भन्यो गाह्रो अफ्ट्यारो आईपर्छ
दुवै जना मिली टर्ने गफै पो हो कि
//
यति ठूलो संसार छ धेरै मान्छे छन्
तिमीलाई म नै मनपर्ने गफै पो हो कि
//
म देखिरहेछु यहाँ मरुभूमी जताततै
भन्यौ समुन्द्र सँगै तर्ने गफै पो हो कि
//
मेरा जस्तै प्यारा आमा बुवा छाडेर
मेरो लागि बसाँई सर्ने गफै पो हो कि

No comments:

Post a Comment