Saturday, January 20, 2018

स्वभाविक हो

हारेपछि  रिस उठ्नु  स्वभाविक हो
कि कुटिनु कि कुट्नु स्वभाविक हो
//
तिमी  र  म  साथी  बनी  उत्रेको छौँ
दुष्मनहरुपनि जुट्नु  स्वभाविक हो
//
हामी   आफ्नै   भोटहरु   बेचिरहेछौँ
पैसावाला गुण्डा उठ्नु स्वभाविक हो
//
यादैयादमा जिन्दगि चल्छ कतिञ्जेल ?
आजकल धेरै मुटु फुट्नु स्वभाविक हो
//
यता म  एक्लोपनको  शिकार   भएँ
उता पनि  दिल  टुट्नु  स्वभाविक हो
//
किन नबुझेरै तिमी धेरै चिन्ता लिन्छौ ?
साँचो  प्रेमीहरु छुट्नु  स्वभाविक हो

No comments:

Post a Comment