Saturday, February 24, 2018

संस्कार हाम्राे मनमा बस्छ मेटेर मेटिन्न ।

निकुञ्ज अभ्यासमाला ८० औँ शृङ्खला 
 छन्द - झ्याउरे (लोकलय) 
अक्षर - ३+२/३+२/३+३ = १६ 
विश्राम - पञ्चम, दशम र अन्तिममा । 
समस्या - संस्कार हाम्राे मनमा बस्छ मेटेर मेटिन्न ।


झुक्दछन् शिर नेपाली टाेपी माथमा नभए
अात्मामा अाफ्नै इज्जत हुन्न सत्कर्म नगरे
काटेर अाफैँ अरुकाे पूजा सत्कार गरिन्न
संस्कार हाम्राे मनमा बस्छ मेटेर मेटिन्न ।

काेपिला सुके फुल्दैन फेरि पालुवा लागेर
नेपाली कहाँ नेपाली हुन्छाैँ नेपाल भूलेर ?
पुर्खाले हाम्राे लेखेकाे जस्ताे लेखेर लेखिन्न
संस्कार हाम्राे मनमा बस्छ मेटेर मेटिन्न ।
- विजय तामाङ

No comments:

Post a Comment