(पढ्नुहाेस् र मनपरे शेयर गर्नुहाेस्)
========================
अालाेचना नगराैं, स्वस्थ जीवन जीअाैं
========================
मानिसले गर्ने सबैभन्दा नीच काम भनेको अर्को मानिसको आलोचना गर्नु हो ।
आलोचना नगरी बस्न सकिन्न भन्ने कुरा पनि मष्तिष्कमा आउन सक्छ तर यो नराम्रो
बानी हो र यसलाई एक विद्ध्वान, शिक्षित, बुझ्ने व्यक्तिले आफुमाथि गर्व
गर्नु अगाडी सबैभन्दा पहिले कुनैपनि हालतमा हटाउनु पर्छ, हटाउन सकिन्छ पनि ।
त्यसको लागि आफूले आलोचना गर्ने मान्छेको परिस्थिति बुझ्न जरुरी छ । कोही
मान्छे नराम्रो छ भने ऊ नराम्रो हुनुको पछाडी कारण छ, त्यो कारण बुझ्न
सकिएमा त्यो मान्छे नराम्रो लाग्दैन । तर जब त्यो कारण हामीलाई थाहा हुंदैन
आलोचना त हजारौं उम्रीहाल्छ मनमा । तर त्यो पोख्नुभन्दा पहिले सोच्नु
जरूरी छ । मानिस सबै जीन्दगीको दौडधुपमा छन्, म जस्तै, तिमी जस्तै ।
दौडधुपको क्रममा जस्तोसुकै संयोग आईपर्न सक्छ ।
संयोग राम्रो भयो भने
नसोचेको ठाउंमा नसोचेको घनीष्ट साथी भेट हुन्छ खुसी हुन्छौं अंगाल्छौं,
मरीसकेको मान्छे बांच्छ खूसीको आंसु बगाउंछौं, एकाएक चिट्ठा पर्छ हिजोको
मगन्ते रातारात करोडपति बन्छ जीन्दगी बदलिन्छ । यी संयोग बांचीरहेका मानिस
जोसुकैको जीवनमा आउन सक्छ । तर नराम्रा संयोग पनि आईपर्न सक्छ, त्यसको
भागीदार पनि हुनैपर्छ हामी । यो संयोग हो भनेर बुझ्न सके मात्रै पनि
जीन्दगीलाई भिन्न आंखाबाट हेरेर हरेक परिस्थितिमा शिक्षित ढंगले
प्रतिक्रिया दिन सकिन्छ । तर नराम्रो संयोगमा हामी देख्न सक्छौं, कोही
आलोचित हुन्छन् कोहि आलोचना गर्छन्, यो स्वभाविक हो । तर हामी किन अरूको
आलोचना गरेर आफ्नो बिद्यालय वा क्याम्पसले दिएको सर्टीफीकेटको बदर गरेर
भीडको सामु आफुलाई असभ्य, अशिक्षित साबित गर्नुपर्यो र ! यसको बारेमा सोच्न
जरुरी छ । आफ्नै सुरमा हिंडिरहेको बेला हो, एउटा कार आएर हिलो छ्यापेर
दौडिन सक्छ, जस्तोसुकै मान्छे पनि पेट्राेल नै छ्यापेजस्ताे बल्न थाल्छ,
कोही आन्द्रा निचोरेर दिमागमा भएजति सबै नराम्रा शब्दहरु त्यहीं सडकमा
खन्याएर जान्छन्, कोही मनमनै त्यो कारको नराम्रो चिताएर तपस्या गर्न
थाल्छन् कसैले त अझ आफैंलाई धिक्कारेर सराप्न समेत भ्याउंछन्, कसैको मनमा त
बदलाको भावनाले पनि आफैंबिरुद्द आन्दोलन गरिरहन्छ । तर यी सब कुराले नै
मान्छेलाई अश्वस्त बनाऊंछ र कुनै न कुनै तवरले अप्रत्यक्ष रुपमा आयु
घटाईरहेको हुन्छ । यो के हो आखिर ? यो सानो दोहोरिरहने नराम्रो संयोगको
उदाहरण मात्रै हो । यसलाई बुझेर यस्ता घटना आईपर्दा सामान्य प्रतिक्रिया
दिन सकिन्छ । कारको ड्राईभरलाई सराप्नु अगाडी उसको ठाउंमा बसेर सोच्ने गरौं
न ।
कारमा कोही अकालसंग लडीरहेको पनि हुनसक्छ, ड्राईभरलाई मालिकले
बिहानै उसको समस्या नबुझिदिएर बेकार गाली गरेको भएर उ रिसले चुर भएको पनि
हुनसक्छ, उसको परिवारमा कुनै दुर्घटना भएरै पो दोडाएको थियो कि यस्तै उस्को
जीवनमा नराम्रो दिन भएको हुनसक्छ, त्यो नभएपनि त शायद उसले अगाडी
ट्राफिकलाई ध्यान दिंदा हिलो नदेखेको हुन सक्छ अथवा मान्छेलाई नदेखेको पो
हो की मजाको लागि अर्कालाई हिलो त नछ्याप्नुपर्ने हो । हुन त कहिलेकाहीं
हामी पनि जानीजानी हेपेर, वा मनोरन्जनका लागि अरुलाई हिलो छ्याप्छौं,
त्यसको बदलामा हामी नराम्ररी सरापिन्छौं हामीले ख्याल नगरेका पनि हुन
सक्छौं । जब हामीलाई थाहा हुंदैन हामीलाई कुनै प्रभाब पर्दैन भने अरूले
नसुन्ने गरेर सराप्नु त महामूर्खता हो हाम्रो । त्यसैले आलोचनाले हामीलाई
कुनैपनि तवरले फाईदा गर्दैन, त्यै माथि जस्तोसुकै परिस्थितिलाई बुझ्न सकेमा
आलोचना गर्ने मानसिकता नै कहां आउंछ र ! हामी त्यो ड्राईभरको ठाउंमा र
त्यो ड्राईभर हाम्रो ठाउंमा भएको भएपनि हिलो छ्यापिन्थ्यो ऊ नबुझेर रिसले
मुर्मुरिएर गाली गर्थ्यो तर भाग्य भनुं त्यो भैदिएन र रिसलाई जन्माउने या
नजन्माउने हाम्रो बशमा भैदियो । हामीले मौका पायौं आफूलाई चेतनशील प्राणीको
संज्ञा दिने । यसकाे बारेमा साेचाैं न ।
(पढ्नुहाेस् र मनपरे शेयर गर्नुहाेस्)
========================
अालाेचना नगराैं, स्वस्थ जीवन जीअाैं
========================
उपन्यासले जीवन जगतलाई हेर्ने सर्बोेत्कृष्ट दृष्टिकोण प्रदान गरेको छ । एक सामान्य पात्रको जीवनमा आएको धेरै अकल्पनीय तर सम्भावित घटनाक्रमहरु पार गरीसकेपछि उसमा आएको चेतनाको कारण दृष्टिकोणमा देखिएको परिवर्तन बाट हरेक पाठकले आफ्नो चेतनाको स्तर बढाउन सक्ने अवसर पनि यस उपन्यासमा समेटिएको छ ।
‘‘पढ्दै जाँदा पाठकहरु सिमलको भुवा बन्नुपर्ने स्थिति छ उपन्यासमा, लेखकले जता उडायो त्यतै उड्नुपर्ने, आफुले परिकल्पना गरेको ‘निर्वाण’लाइ भुलेर । तर पुरा उपन्यास पढिसक्दा हामीले जहाँ पुग्ने परिकल्पना गरेका थियौँ त्यहीँ पुर्याउन सफल भएको छ यो पुस्तक । ’’
९भिडियो हेर्नुहोस्
भिडियो हेर्नुहोस्
सारांश
उपन्यास ‘म’ पात्रको मोनिकासंगको भेटपछि अघि बढेको छ । मोनिका आफ्नो परिवार नै प्लेन क्य्रासमा गुमाएपछि दुःखी, बेसहारा बनेकी हुन्छिन् । जीवनदेखि निरास भएकी उनले आफ्नो २३ औं जन्मदिन उपन्यासको पात्रसंग मनाउँछिन् तर पात्र भने उनको व्यवहार देखेर अचम्ममा पर्छ किनभने उनीहरुबीच परिचय पनि राम्रोसंग भएको थिएन तर उनी सहजै उसंग खुलिरहेकी थिइन् ।
जन्मदिन मनाउँदा अबेर भइसकेकोले उनले पात्रलाई आफ्नै घरमा बस्न अनुरोध गर्दै एउटा सुनसान घरमा लैजान्छे अनि पात्रकै अगाडी सामन्य रुपमा कपडा फेरी एउटै बेडमा सुत्न आग्रह गर्दै निदाउँछे । तर पात्रभने उसको सबै व्यवहार देख्दा हैरान थियो त्यसैले त्यहाँ नसुतेर राती नै घर जान्छ ।
विहानै उसलाई मोनिकाले फेरी जरुरी छ भनेर उसको घरमा बोलाउँछे र उ हतारिँदै पुग्छ । उ पुगेर मोनिकाको अनौठा मृत्युसम्बन्धि प्रश्नहरु सुनेर अचम्ममा पर्छ । उसको प्रश्नलाई वेवास्ता गर्दै हतार छ भनेर उ त्यहाँबाट बाहिरिन्छ साँझमा आउँछु भनेर तर साँझमा आउँदा उसले मोनिकालाई भेटाउँदिनन् ।
पात्र आफ्नो काममा व्यस्त रहन्छन् तर सधैँ चुपचाप मोनिकाको खोजमा लागिरहेको हुन्छ तर कहिल्यै फेला पार्न सक्दैनन् ।
पात्र साइकोलोजिस्टको काम गर्थे । अल्केमीको नाम दिएको परामर्श केन्द्र खोली मनोरोगीहरुलाई सेवा प्रदान गर्थे । एकरात उसले सपनामा मोनिकालाई पखेटासहित उडिरहेको देखेका थिए ।
उसले मोनिकालाई फेसबुकमा पनि खोज्न थाले तर पुराना केही निराशजनक स्ट्याटसहरुबाहेक केही देखिएन तर उनीहरुको म्युचुअल फ्रेन्ड जरिनले उनको स्ट्याटसमा कमेन्ट गरेको चाल पाएपछि जरिनलाई भेट्ने चाहनासहित मेसेज पठायो किनकि कुनैदिन जरिन उसकहाँ आएथ्यो उसको क्लाइन्ट बनेर ।
विहान धेरैबेर बाथटवमा बसिरहँदा बहिनीले जरिनको फोन आयो भनी चिच्याइन् । जरिनले बेलुुकी भेट्न आग्रह गरे ।
बेलुका काम सकिनै लाग्दा फेरी एक युवती आइन् उनलाई भेट्न । पात्रले चिन्न सकेन तर युवती परिचित नै लाग्थी । युवतीलाई भने उसको बारेमा सबै कुरा थाहा थियो । अलिकति क्लु पाउने बित्तिकै उसललाई १० बर्षअघि विनायोजना घर छाडेर टाढा गाउँमा मास्टर बनेर गई पढाएको र त्यसबेला स्वेताको घरमा बसेको याद आयो । त्यसबेला स्वेता सानी थिई । पात्रलाई अबेर भइसकेको बुझी एकैछिनपछिको गफगाफपछि स्वेता भोलि आउँछु भनी गइन् ।
फोन गरी जरिनले डिनरका लागि निम्तो गर्यो । पात्र हतारहतार बाइक कुदाउँदै थियो बाटोमा एउटा कारले ठक्कर दियो र लडायो । बे्रक फेल भएको बहाना बनाई माफी मागेपछि पात्रले उसलाई जान भने । उसलाई चोटपटक लागेपनि बाइक उठाएर जरिनले बोलाएको रेस्टुराँमा गए । जरिन चिन्तित हुँदै उसलाई हतार हतार अस्पतालमा दौडाए र उपचार पछि राती उसलाई घरमा नै छाडिदियो ।
उसलाई विहान मात्रै दुखाइको महसुस भयो । उसले नभनेपनि एक्सीडेन्टको बारेमा सबैले चाल पाईहाले । बहिनीले जिद्दी बाहिन नजान आग्रह गरिन् । ब्रदर्स डे भन्दै विभिन्न परिकार बनाएर उसलाई ओछ्यानमै सेवा गरियो ।
दिनभर कसरी बस्ने सोच्दै थियो उ । मोबाइल पनि हराएछ । उसले आफ्नो ग्राहक मार्टिन र आर्याबीचको प्रेम संगसंगै मार्टिनको रोग पनि । उसले समाधान खोजिदिएको थियो ।
स्वेताले हिजो भेट्न आउँछु भनेकी थिई तर उ घरबाट बाहिर निस्कनै पाएन । उसले स्वेतालाई पहिलोपटक देख्दाको क्षण सम्झ्यो । विनायोजना उ त्यस गाउँ पुगेको थियो स्वेताको बुवाको साथ र उसकै घरमा बसेर स्कुलमा पढाउँथ्यो । स्वेतालाई उसंग पढ्न लेख्न सजिलो भएको थियो । अर्को शिक्षक नआउन्जेल उसले त्यहाँ बस्ने जिम्मा पाएको थियो तर विस्तारै त्यहाँ बस्न मन भएन ।
उसलाई त्यस गाउँबाट मुक्त गराउन कोही आएनन् । स्कुलमा मास्टरहरु कम संख्यामा थिए । सुनन्दा बाबुले त्यस विद्यालयमा योगदान पुर्याई अर्को शिक्षक पठाईदिन्छु भनेर छाडेर गएका थिए । उसंगै गाउँकी नम्रता भन्ने केटी पनि हराई । उनैले नम्रतालाई लगेको भनेर पनि हल्ला चल्यो ।
‘‘शनिबार एक्लै टोलाइरहँदा स्वेता भोगटे लिएर उपस्थित भइन् । उ स्वेतामा आएको बदलाव देखेर हैरानै भयो र स्वेता अब उस्लाई कुनै युवतीजस्तै लाग्यो र उसंग पहिलोजस्तो व्यवहार गर्न सजिलो भएन । तर स्वेतामा उस्तै बचपना थियो । ’’
राती दिउँसो स्वेतालाई हेर्ने आफ्नै दृष्टिकोण फेरिएकोमा उ निदाउन सकेन । अब उस्लाई त्यस गाउँमा बस्न असहज हुने देखेर राती नै सबै छाडेर पहिलेकै बाटो पछ्याउँदै जाने बेलामा बास बसेको गाउँमा आईपुग्यो । त्यही रात कटाउने निधो गरे ।
विहानै त्यहाँबाट गाडी चढेर घर पुगी छोरोको माया मारेर बसेकी आमा लगायत बहिनी र बुवालाई भेटी अंकमाल गरे । उ हराएपछि बुवाले उसलाई गाली गरेकोमा ग्लानी महसुस गरेको पनि चाल पाए । यो सबै उ एकाएक सम्झँदै थियो ।
नयाँ मोबाइल बहिनीको उपहारस्वरुप प्राप्त गरेपछि उसले फेरी अल्केमीमा काम सुरु गर्न थाल्यो । यसै क्रममा एउटी अधबैंशे आईमाईलाई पति हुँदाहुँदै अर्कै पुरुषसंगको प्रेमसम्बन्धि निर्णय लिन सहयोग गरि खुसी बनाएर पठायो ।
स्वेताले फोन गरी लन्चको लागि डाकिन् । पहिलो दिन स्वेताले दिएकी पार्सलमा एक चिठि र उसको पोट्रेट थियो जुन अल्केमीको ड्रयरमा राखिएको थियो । चिठीमा उस्ले आफुले उसलाई संधै खोजिरहेकी कुरा लेखेकी थिइन् । पोट्रेटमा उसको गाउँमा छँदाको उमेर उतारिएको थियो ।
अल्केमीबाट फर्किने क्रममा पहिले एक्सीडेन्टमा ठक्कर दिने दिप्ति एयरवेजकी म्यानेजिङ डाइरेक्टर तथा अर्बपति दिप्तिसंग भेट भयो । पात्रलाई कफीको लागि भनी गाडिमा, त्यसपछि हेलिकप्टरमा राखेर सामान्य कुरा गर्दै लगिन् ।
हेलिकप्टर हिमाली फेदीमा रोकी खाजा अडर गरिन् । पात्रको आश्चर्यको लागि उनले आफ्नो मानसिक रोगको कारण नै एक्सिडेन्ट भएको कुरा बताईन् । साथै मोनिकाको परिवारको मृत्यु कुनै एक्सीडेन्ट नभई षड्यन्त्र रहेको भनिन् ।
राइट इन्टरनेशनल एयरवेज दिप्तिको प्रतिस्पर्धिको मालिक विलियम निकोलले आफ्नो परस्त्रीसंगको सम्बन्धलाई आफ्नो कम्पनीको आधा शेयर रहेको आफ्नै श्रीमतिबाट गोप्य राख्न पाइलटलाई मार्न षड्यन्त्र गरेको थियो । दिप्तिले निकोलको बर्बादीको लागि उसको बिरुद्ध मोनिकालाई मुद्धा लड्न उक्साउनु पथ्र्यो । त्यसका लागि पात्र मोनिकासंग नजिक रहेकोले उसलाई पनि दिप्तिले फलोअप गर्दै थिइन् । यो सब कुरा उसलाई थाहा भयो ।
‘‘बिहान उसलाई घर जान हेलिकप्टरबाट छाडिदिइन् । उसले मोनिकासंग अनलाइनमा भएको भेट र उसको परिवारको दुःखद् निधनलाई सम्झिरहेको थियो । यतिकैमा स्वेताको फोन आयो र लन्चको लागि निम्तो दोहोरियो । ’’
जाँदा स्वेताको लागि किताब लिएर गयो । स्वेताकी आमासंग पनि भेट भयो । स्वेता चित्रकार बनेकी थिइन् र उसले उनका चित्रहरुमा आँखा डुलाए ।
उसले गाउँ छाडेकै रातमा स्वेताको बुवालाई समेत गाउँलाई नै पहिरोले बगाएको, उनीहरु दुइजना संयोगबश बाँचेका, उनले छात्राबृत्ति पाई एसएलसी पास गरेपश्चात फाइन आर्टमा पाँच बर्षे ग्राजुएसन गरी नाम कमाएकी रहिछन् ।
चित्रकला प्रदर्शनीमा उनका उत्कृष्ट चित्रहरु दिप्तिले समेत धेरै मूल्यमा किनेकि थिइन् जसलाई पात्रले दिप्तिको हिमालयको स्टेशनमा देखेको थियो । स्वेताले यसैगरि चित्र बेचेर धेरै सम्पत्ति जुराइसकेकी थिइन् ।
आमा बिरामी भई हस्पीटलमा भर्ना हुँदा त्यसरात उनीहरु दुइजना मात्रै संगै थिए । धेरै बर्षपछिको यस्तो भेटमा उनीहरु एकअर्कासंग भोगविलास गर्न तयार भए ।
आमालाई हस्पिटलमा राती हट अट्याक भएछ । विहानै पात्र हस्पिटलमा पुगी स्वेतालाई सम्हाले । बहिनीको जन्मोत्सवमा स्वेताले गिफ्ट स्वरुप एक पेन्टीङ पठाइदिइन् । बहिनीसंग फोनमा कुराकानी पनि भयो । बेलुकी आमा वित्नुभयो र अन्तिम संस्कार पनि गरियो ।
स्वेता शोकमा थिई । पात्रले उसलाई आमाको सम्झनास्वरुप एक पोट्रेट बनाउन आग्रह गरे । उनी चित्र बनाएपछि आफैँ सम्हालिएजस्ती देखिइन् ।
स्वेता सामान्य भएपछि उनीहरु गाउँका केटाकेटीका लागि पुस्तक, खेलौना, खानेकुरा, कपडा आदिले भरिएको ट्रकको साथ संगै गाउँ जान तयार भए । गाउँमा सडक पुगिसकेको थियो । उनीहरुको आगमनले गाउँका सबैजना खुसी भए । पहिले गाउँ भएको ठाउँमा भने पहिरो गएको उनीहरुले अवलोकन गरे ।
स्वेता पात्रको घर गई सबै परिवारसंग भेटीन् र केही दिनका लागि कसैलाई नभनि देश छाडेर अर्कै देशमा घुम्न जाने इच्छा पात्रसामु जाहेर गरिन् । तर पात्रले आफ्नो परिवारलाई मात्र थाहा दिने निधो सुनायो ।
उनीहरुले धेरै समय धेरै नयाँ ठाउँहरु घुमेर बिताए । उनीहरुको प्रेम झनै गाढा हुँदै गइरहेको थियो ।
एकदिन घुम्ने क्रममा समुन्द्रको यात्रा गर्दै थिए उनीहरु । अचानक चक्रबातले सबै मानिसलाई समुन्द्रभरि छरिदियो । स्वेता हराईन्, पात्रभने लाइफ ज्याकेट लगाएका कारण समुन्द्रमा कतै तैरिरह्यो थोरै शासको भरमा ।
बचाउने मान्छे वा मृत्युको पर्खाइमा तेश्रो दिन कट्दै गर्दा एउटा जहाज आफुपट्टि आईरहेको अनुभव भयो । त्यसमा मोनिका आई उसलाई समुन्द्रबाट बचाएको कुरा होस आएपछि मात्र थाहा पायो ।
उ धेरै कमजोर भएको थियो त्यसैले अस्पतालमा पाँच दिन विताएपश्चात् पनि मोनिकाले होटलमा लगि आरामको साथै पोषिलो खानेकुराहरु खान लगाइन् । उ भने मोनिकासंग कुरा गर्न आतुर थियो ।
उसको गुम्सिएको प्रश्न नसुन्दै मोनिकाले आफ्नै अन्तर्मनको आवाज सुनेर चक्रबातमा परेकाहरुको उद्धार गर्न आएकी र उसलाई फेला पारेकी कुरा सुनाइन् । त्यसको लागि उनको साथी क्यारोलिनाले उनलाई जहाज उपलब्ध गराएकी थिइन् ।
त्यसपछि स्वेतालाई पाउन सकिन्छ कि भनेर दुबैजना मिलेर समुन्द्रमा फेरी खोजे तर ११औं दिन भइसकेकोले त्यो विशाल समुन्द्रमा पाउने आशा समेत भेटिएन ।
निकोलबिरुद्ध मुद्दा लड्नमा पनि उनले चासो देखाइनन् । स्वेता पहिलेभन्दा धेरै बदलिएकी थिई । त्यसमा कुनै गुरुसंगको भेट नै प्रमूख कारण रहेको कुरा भनिन् ।
बेलुका उनीहरु क्यारोलिनासंगै बसेर डिनर गरे र अर्को दिन विदाइ गरी त्यहाँबाट फर्के ।
जहाजमा मोनिकाले उसलाई गुरुदेवको बारेमा बताइन् । उनी परिवारसंगको वियोगपछि गुरुको सम्पर्कमा आएकी थिइन् । उनलाई सांसारिक दुःखसम्बन्धि बुझ्न गुरुले सिकाउनुभएको थियो ।
त्यसपछि पात्र घर फर्कियो । घरमा चहलपहल केही पनि थिएन । बुबा वितेको र बहिनीको बिहे गरेर पठाइसकेको कुरा आमाको आँसुमा पढे । बुवा भविष्यबेत्ता हुनुहुन्थ्यो त्यसैले मर्ने कुरा पहिल्यै आमासंग गरी हाँसिहाँसि वित्नुभयो रे । उहाँ घण्टौं कोठाभित्र ध्यानस्त बस्नुहुन्थ्यो ।
त्यही कोठामा पात्रले एउटा पत्र भेट्टायो । त्यो पढेर उसले आफ्नो बुवाको चेतनालाई बुझे । उहाँ सांसारिक दुःखलाई बुझेर मोक्ष प्राप्ति गर्त तल्लीन हुनुहुन्थ्यो । अनि छोरोलाई सत्यको बाटोमा हिँड्न पनि अनुरोध गरिएको थियो । त्यसै कोठामा बसेर उसले पनि घण्टौं समय विताउन थाल्यो ।
केही दिनपछि मोनिकाले गुरुसंग भेटाउन लगी । गुरु विभिन्न अवतारमा बस्नुहुन्थ्यो, त्यसपटक उनीहरुले शोभिता (एक स्त्री)को रुपमा दर्शन गरे । युवक भने यो सब देखेर चकित थिए । उनीहरुले त्यहाँ स्वेतवस्त्रमा बस्नुपथ्र्यो । शान्तिले उनीहरुलाई भोजन गराए, त्यहाँ बासुदेव पनि थियो ।
विहान उनीहरु गुरुको कक्षमा गए । त्यहाँ अरु दुइसय जति मानिस बसिरहेका थिए । गुरुदेव फेरी आफ्नै भेषमा फर्कदै थिए । जीवनमा देखापर्ने दुःख, अफ्ट्याराहरु, सत्य आदिवारे दिनुभएको आनन्दमयी प्रवचन सुनेपछि पात्रलाई पनि धेरै कुरा थाहा भयो ।
प्रवचन सकेपछि सबैजना ध्यानमा मग्न भए । पात्र पनि गहिरो ध्यानमा परेर रातको एक बजेमात्रै ब्युँझियो तबसम्ममा उ एक्लो भइसकेको थियो । उसलाई अचम्म तर धेरै आनन्द लाग्यो किनकि भोक निद्रा केही लागेको थिएन । उसले आफैंमा धेरै परिवर्तन पायो । उसलाई अब कुनै भावनात्मक तरंगले हल्लाउन सक्दैनथ्यो । उ आफैंमा शान्त, सन्तुष्ट भयो ।
सातौं दिन उसले गुरुदेवसंग धेरै प्रश्न सोध्ने अवसर पायो । गुरुले सबै भ्रान्तिहरु बुझेर बास्तविकता तथा सत्यतामा रमाउन सक्नु नै निर्वाण पाउनु हो र जीवनको श्रेष्ठ लक्ष्य नै त्यही हुनुपर्ने कुरा बताए ।
‘‘गुरुदेव पनि पहिले मुक्ति र निर्वाण सम्बन्धि चासो नराख्ने साधारण डाक्टर थिए । उसको एक तपस्वीसंग भेट भएपछि नै उसले सत्यबारे चेतना प्राप्त गरेका थिए । ’’
उनीहरु त्यहाँबाट फर्किदा रात परेकोले मोनिकाले संगै बस्न अनुरोध गरिन् । मोनिका पहिले जस्तै उसको अगाडी अर्धनग्न भई ढली र उसलाई पनि सुत्न अनुरोध गरी । यो पटक भने उसको मनको एकाग्रता भड्किएको थिएन । उ आफैंमा शान्त, एकाग्र, ध्यानस्त, चेतनशील, सन्तुष्ट रहीरहन सक्यो र मोनिकालाई सामान्य रुपमा लिन सक्यो । त्यही नै उसको जीवनमा आएको श्रेष्ठ परिवर्तन हो ।
केही दिनपछि फेरी उ अल्केमीमा व्यस्त रहन थाल्यो । मन बिथोलिएका हरुको सन्ताप कम गर्न उसले जानेको मनोविज्ञानको प्रयोग गथ्र्यो । तर उसले आफैंप्रति र आफ्ना वरपरका मानिसहरुप्रति हेर्ने दृष्टिकोण बदलिएको थियो । हरबखत सत्यलाई बोध गथ्र्यो र सधैं ध्यानमग्न, चेतनशील, सन्तुष्ट र खुसी रहन्थ्यो ।
उपन्यासका केही कथनहरु
नब्युँझिउन्जेल त सपना पनि साँच्चै नै हुन्छ । त्यसले दिने रमाइलो र दुःख पनि साँच्चै नै हुन्छ ।
‘‘साना साना संयोगहरुले जीवनको मूल्य तय गर्दो रहेछ । बाटो काट्दा गाडीवालाले लगाएको ब्रेकमा समेत कोही बाँच्नुको महत्ता जोडिएको हुँदोरहेछ । यस्ता ससाना क्षण र कारणकै समुच्च अभिव्यक्ति न हो जीवन । ’’ पाइतालामा काँडा विझ्दा झिक्नका लागि अर्को काँडा चाहिन्छ । हो, गुरु भनेको त्यही काँडो झिक्ने काँडो हो ।
आनन्दित हुन खाँदा खान सक्नुपर्छ, बस्दा बस्न सक्नुपर्छ र सुत्दा सुत्न सक्नुपर्छ । हेर्दा हेर्न, हिँड्दा हिँड्न र बोल्दा बोल्न सक्नुपर्छ ।
सहर र जंगलमा भेद छैन । न आश्रम र घरमै अन्तर छ, मुख्य कुरा बोध हो, सत्यको अनुभव । जहाँ बसेर जे गरे पनि केही फरक पर्दैन, भित्र जागरण सघन हुनुपर्छ, बस काफी छ ।
यात्रा जतिसुकै प्रितीकर किन नहोस्, त्यसको अन्त छ । मिलन जतिसुकै प्रगाढ किन नहोस्, त्यसको विछोड छ । अनि जीवन जतिसुकै भव्य किन नहोस्, त्यसको मृत्यु छ ।
Whenever I've free time, I love searching for people. I love to meet public people on the internet. I've subscribed channels of many online couches, trainers, influential writers, movement actors and so on and on. That is why my email is filled with new newsletters, videos, eBooks, and other reading materials on a daily basis.
Here is a list of people whom I met myself on the internet and whose life has motivated, inspired and influenced my life a lot. They have made a deep impression in my mind that I will not forget their name in my life.
1. Brendon Burchard:
Brendon Burchard
Brendon Burchard is the world’s leading high performance coach, the most
requested motivational speaker of his generation, and one of the
most-watched, quoted and followed personal development trainers in
history. He is also in the Top 100 Most Followed Public Figures on
Facebook, with over 10 million fans across his pages, and the star of
the web’s most shared personal development videos (now over 100 million
views).
Adam Braun is a New York Times bestselling author and the Founder & CEO of MissionU. He was previously Founder & CEO of Pencils of Promise, the award-winning organization that has built nearly 400 schools around the world.
He has been featured as a speaker at The White House, the United
Nations and the Clinton Global Initiative. He has also been named to Business Insider’s 40 Under 40, Wired Magazine‘s 50 People Who Are Changing the World, and was selected as one of the World Economic Forum’s original ten Global Shapers.
Dr. Shefali is a world-renowned clinical psychologist who received her doctorate from Columbia University, New York.
She specializes in the integration of Eastern philosophy and Western
psychology, making her an expert in her field. Her message has the
potential to change people’s lives for generations to come.
You can schedule a private session to see her in her NYC office or schedule a coaching session on SKYPE/phone.
Date: 19th July, 2017 Time: 07:45 AM By: Anup Bhatta
Hey guys, It's me Anup Bhatta, on the way to Fishtaar (15 KM past from Dhadingbeshi), to buy worshipping materials, as we (Bijay Lawong, Parbati Gurung, Laxmi Gurung and Me) are going to worship at Muktinath Temple.
We have a choice. But we must be positive. We have to have broad understanding and high thinking along with simple living.
And most importantly, we must not be affected by any earthly happenings that is natural.
Just we must posses that level of emotional mastery and philosophical
thought that can help us deal with any kind of sad moment in life.
Happiness depends upon our thinking. I am happy because I know the
ultimate destination of life very well. I have no anger, no enmity, no
jealousy, no mimicry. Because I know that has nothing to do in my life
and after my life.
Everybody wanta to be important, popular, differet, talented, succedded…and so on and on.
And if they can not achieve their dreams or become the person they
want, they become unhappy. But they never become happy because of what
they can accomplish or be. And it’s what I think neccesary. We have to
have that level of vision or understanding that all these popularity,
prosperity all go in vanity after all.
Even the people who
topped the world in the history are no more in existence. They can not
feel anything for succedding in their lives anymore. And what? We will
also reach there one day. And we have to have the perception of that
level right now. That does not mean we have to stay dead from now on. I
think our life must have influence. And we just have to live happily
trying to make others happy.