Saturday, January 13, 2018

पाैष २९, २०७४ जनवरी १३ २०१८

#शार्दूलविक्रिडित #प्रयास
 
मान्छेकाे अहिले विवेक सकियाे, हेरेर खै के गरूँ
जे लाग्याे मनमा त्यसै गरिदिए, देखेर खै के लेखुँ
नाङ्गाे हिँड्दछ अाज मानिसहरू, भन्दै छ गर्मी अति
अाफ्नाे संस्कृति मूल्य ख्याल नगरी, बिर्सन्छ देशी जति ।१।

नेता, लेखक, पत्रकार, जनता सारा गफाडी पनि
अाफैँ चाेर समाजकाे नजरमा अाफैँ महात्मा बनी
मान्दाहुन् जन सर्बश्रेष्ठ युगकाे, अाफू स्वयम् भूपति
लाग्दैछन् पथमा सदा गतलकाे, निर्लज्ज हुन्छन् अति ।२।

सुन्दैनन् गुरूवर्ग मान्यहरूकाे, अाफैँ बडा साेच्दछ
सम्झाए प्रतिकार गर्दछ त्यसै,

पूजा मिलेरै गराैँ
#शार्दूलविक्रिडित #प्रयास

पूजा गर्छ कुनै मनुष्य बिचरा, देख्दा कतै मूर्तिकाे
अर्काेले अपमान गर्छ सहजै भन्दै महाचाेर याे
ढुङ्गा जाे उभिर्इ तटस्थ पथमा, निर्जीव झैँ बस्दछ
पूजिन्छन् कहिले कतै नयनमा धूलाे बनी पस्दछ ।१।

मान्छे हुन् कसरी निकै फरक भाे, जाती तथा धर्म ती
बुझ्दैनन् तिनले सबै धरतीका, हुन् एउटै सन्तति
के हाेला झगडा गरे सबजना, मारेर मान्छे सयाैँ
याैटै हुन् भगवान् कतैतिर भए, पूजा मिलेरै गराैँ ।२।

No comments:

Post a Comment