युनेस्कोबाट १९९९ मार्च २१ मा घोषणा गरिएको विश्व कविता दिवसको अवसरमा सबै काव्यसाधक एवं पाठकहरूमा हार्दिक शुभकामना सहित...
निकुञ्ज अभ्यासमालाको १०४औँ शृङ्खलामा आज हामी दिक्पाल छन्दमा अभ्यास गर्नेछौं।
यो जिन्दगी हजारौँ बाधा सहेर बाँचोस्
खप्दै अनेक पीडा ढुङ्गा भएर बाँचोस्
बिर्सेर चोट चिन्ता हाँस्ने मिलोस् बहाना
फक्रेर फूल जस्तै हाँसो छरेर बाँचोस् ।
-जीवन काश्यप ।
समस्याः यो जिन्दगी नदी झैँ गन्तव्य भेट्न धाओस्।
छन्दः दिक्पाल
मिल्दैछ प्रेरणा याे प्याराे निकञ्जभित्र
साहित्यमा सुनाैला काेराैँ नवीन चित्र
बिर्सेर लक्ष्य अाफ्नाे अाँखा कतै नलागाेस्
यो जिन्दगी नदी झैँ गन्तव्य भेट्न धाओस् ।।
बाल्याै दियाे उज्यालाे साेच्याै हुँदैन रात
चिम्लेर हेर्नु अाँखा देखिन्छ अन्धकार ।
अन्धाे नबन्नु चाहे ती नेत्र नै हराअाेस्
यो जिन्दगी नदी झैँ गन्तव्य भेट्न धाओस् ।।
No comments:
Post a Comment