कविताः ढुङ्गा स्वयं र्इश्वर
छन्दः शार्दूलविक्रीडित
गर्दैनन् पनपक्ष पाप कुभलाे कोही कसैकाे कतै
आँखामा तल माथि छैन उसको सम्पूर्ण संसार नै ।
टुङ्गाे छैन निवास देव रहने ब्रह्माण्डमा अाखिर
बुझ्ने मानिस हौ भने यदि तिमी ढुङ्गा स्वयं र्इश्वर ।।१।।
बारम्बार मनुष्यका मगजमा सङ्कल्प धेरै रहे
ढुङ्गाको मन हो तटस्थ प्रतिमा मान्छे तिमी जान हे ।
अप्ठेराे जब पर्छ याे भुवनमा स्वर्गीयका के भर ?
द्याैता झैँ सब ठाउँ साथ रहने ढुङ्गा स्वयं र्इश्वर ।।२।।
मान्छाैँ दूर नदेखिने प्रकृतिका द्याैताहरूका कथा
मानाैँ फुर्सद छैन सुन्न कहिल्यै ढुङ्गाहरूका व्यथा ।
पूजा ढाेग गरे सबेर सबले पस्दा यिनी मन्दिर
इच्छा स्वप्न व्रतालुका सुनिदिने ढुङ्गा स्वयं र्इश्वर ।।३।।
केही लक्षण देखिए सयलका हाँसेर रम्छन् हदै
चिन्ता दुःख कतै परे अलिकता अाैधी अलाप्छन् कठै ।
एकैनास कहाँ परिस्थिति जहाँ फेरिन्छ कालान्तर ?
बस्छन् ती चुपचाप व्यक्त नगरी ढुङ्गा स्वयं र्इश्वर ।।४।।
पृथ्वीमा सब व्यर्थ मानिसहरू देखाउँछन् नाटक
काे उत्कृष्ट छ ? फैसला गरिदिने ढुङ्गा छ निर्णायक ।
गुम्बा चैत्य विशाल मस्जिद कतै पाैवा र गिर्जाघर
धर्मात्मा अनुकूल उत्तर दिने ढुङ्गा स्वयं र्इश्वर ।।५।।
बोल्दैनन् तर धेर्य छन् हरघडी सन्तुष्ट यी पत्थर
ईर्ष्या स्वार्थ पछ्याउँदै छ नरले सन्तृप्त हुन्नन् अतः ।
मान्छेका उपलब्ध श्रोत कति छन् बन्छन् सँधै आतुर
देख्दैनन् सपना न मान्छ पछुतो ढुङ्गा स्वयं ईश्वर ।।६।।
पीडा शाेक तथा वियोग दुबिधा अार्इपरेता पनि
केहीबेर बसी अगाडि नजिकै काेही मरेतापनि ।
नाैलाे हैन यथार्थ याे नियम हाे गर्लान् गुनासा तर
लाखौँ साल अनन्त बाँचिरहने ढुङ्गा स्वयं ईश्वर ।।७।।
No comments:
Post a Comment