Sunday, April 22, 2018
माया लाग्ने पनि प्रकृतिको देन हो भुल्न हुन्न
सोध्यो तिम्रो अबुझ मनले प्यार के हो भनेर
मैले मानेँ अति असजिलो भन्नुपर्ने गमेर ।
मायालाई कुन छ तुलना गर्न मिल्ने पदार्थ ?
बल्ने आगो अलिक नभनूँ धेर मिल्दैन अर्थ ।।
आगो भन्दा उचित छ दियो तेल विश्वासको हो
मायामा त्यो तरल खनिए बल्छ जस्तो डढेलो ।
हावा चल्दा अधिक गतिमा निभ्छ बत्ती दियोको
हावा ज्यादै कम हुन गए बन्छ धर्ती अँध्यारो ।।
रक्सी लाग्दा मनुज जसरी बन्छ अन्धो समान
माया त्यस्तै सब भुलिदिने बाबुआमा जहान ।
बेहोसी झैँ सबल बिजुलीबाट लाग्दा करेन्ट
तर्सिन्छन् ती जब अलिकता छुट्छ शालीन कम्प ।।
सोचौँ जस्तै नुनचुक मिठो लाग्छ खानेकुरामा
त्यस्तै हिस्सा जफत सबको प्यारले जीवनीमा ।
माया लाग्दा मन छटपटी व्यग्रता धेर हुन्छ
माया लाग्ने पनि प्रकृतिको देन हो भुल्न हुन्न ।।
मन्दाक्रान्तामय शुभ बिहानी ।।
Labels:
कविता,
छन्द,
प्रयास,
मन्दाक्रान्ता
Subscribe to:
Post Comments (Atom)
No comments:
Post a Comment