Monday, May 28, 2018

हुरीले जन्माएकाे कविता

फुल्दै गर्दा कुसुम कलिला हर्षले साथ साथ
टेक्दै हिँड्दा कदम पहिलाे बल्ल संसारमाझ ।
अार्इ चर्काे अडिग बहुला मात्तिएकाे बतास
हेर्दाहेर्दै अलप छ हुरी फूल झारेर अाज ।।

अर्की याैटी असल पुतली पातमा बस्न खाेज्दा
पक्कै हाँगाे कमसल थियाे हुत्तिर्इ त्याे भुर्इँमा ।
थर्काएकाे महसुस गरी के भनूँ के भनूँ झैँ
हेर्दा अाँखा टिलपिल थियाे अाँसुकाे छाल जस्तै ।।

सास्ती पाए यस किसिमले चित्त दुख्दैन कस्काे ?
गल्ती के हाे बरु भनिदिए लाभ हुन्थ्याे सबैकाे ।
हावाकाे याे गलत तरिका हेर्छ जाे माथिबाट
हावाकाे याे सरल पथमा थप्छ हाेला पहाड ।।

अाउ हावा अब नभ छुने चाहना भाे मलार्इ
के उड्ला खै जब मन गह्राैँ लान्छु भन्दा उडार्इ ?

No comments:

Post a Comment