सँगै बाँच्ने सँगै मर्ने गफै पो हो कि
अहिलेसम्म तिम्ले गर्ने गफै पो हो कि
//
ठीकै भन्यो गाह्रो अफ्ट्यारो आईपर्छ
दुवै जना मिली टर्ने गफै पो हो कि
//
यति ठूलो संसार छ धेरै मान्छे छन्
तिमीलाई म नै मनपर्ने गफै पो हो कि
//
म देखिरहेछु यहाँ मरुभूमी जताततै
भन्यौ समुन्द्र सँगै तर्ने गफै पो हो कि
//
मेरा जस्तै प्यारा आमा बुवा छाडेर
मेरो लागि बसाँई सर्ने गफै पो हो कि
Sunday, February 4, 2018
गफै पो हो कि
उचाल्ने हुन्छन्
उचाल्ने हुन्छन् उचालिने हुन्छन्
यस्तै मुनिबाट हावा दिने हुन्छन्
हुँदै नहुने काम गर्नै हुँदैन थियो
केटाकेटीको मन बहकिने हुन्छन्
केहीबेर बस हस्ताक्षर नगरी
चित्रमा चरित्र नदेखिने हुन्छन्
चाहे त्यो मन ढुङ्गाको बनाऊ
धोकामा सजिलै रेटिने हुन्छन्
उस्को जितले भन्दा तिम्रो हारले
तिम्रै साथीहरु उफ्रिने हुन्छन्
आउन सक्छ
माया पिरतीको सन्दर्भमा आउन सक्छ
कोही नयाँ तिम्रो गर्भमा आउन सक्छ
गरेकै हो
तिम्रो जीतमा बधाई ज्ञापन गरेकै हो
गल्ती भएछ क्षमायाचन गरेकै हो
मेरोभन्दा तिम्रो मायामा कमि देखियो
मलाई दिएजति मापन गरेकै हो
हाम्रो माया प्रेम सपना बिफल भयो
तिम्रो जीतमा बधाई ज्ञापन गरेकै हो
सस्तो भयो जिन्दगी कस्ले किन्थ्यो
जताततै हिँड्दै बिज्ञापन गरेकै हो
खै कहाँसम्म पुगे मेरा गुनासाहरु ?
यी गजल हरुमा प्रशारण गरेकै हो
Wednesday, January 31, 2018
प्रतिभा निकुञ्ज - माघ 17 2074
काला भए चन्द्रमा
डुब्दा सूर्य यहाँ उपस्थित भई सारा उज्यालो दियो
सिङ्गो यो धरती अहो चहकिलो साँच्चै खुसीमा थियो
लौ आऊ नगरी ढिलो सबजना बत्ती लिई हातमा
हाम्रो प्राङ्गणबाट हेर्नु नभमा काला भए चन्द्रमा
-विजय तामाङ
लुट्यो खै कसले प्रकाश किन हो थाहै नपाई कहाँ
यस्तो जीवन अन्धकार जगमा बाँच्ला र कोही यहाँ
रातमा


