साथी जिउंदो लास बन्न नखोज
यस्तो कुरामा उदास बन्न नखोज
आफैंलाई आफ्नै नजरमा गिराएर
कसैको नजरमा खास बन्न नखोज
Monday, February 5, 2018
बन्न नखोज
याद गर
मरी मेट्दैछु त्यै भन्न याद गर
दुरी छेड्दैछु त्यै भन्न याद गर
भैसक्यो भयो भन्न मात्र बांकी छ
फेरी भेट्दैछु त्यै भन्न याद गर
हतारमा छौ तिमी
नमिलेको
हतारमा छु प्रिय म, हतारमा छौ तिमी
किन छुट्नुपर्दा फेरी, दोधारमा छौ तिमी
खबर मेरो देखिहाल्यो बरु तिम्रो भन
सुनेको छु आनन्दको, संघारमा छौ तिमी
गल्ती भो फेरी तिम्रो बाटोमा आईपुगें
अब जाउ जुन बाटोको, सवारमा छौ तिमी
हेर म त तिमीजस्तो फेरिएको छैन
फुटपाथ मेरो घर हो प्रिय, दर्बारमा छौ तिमी
शुभचिन्तक हुं म त तिम्रै , झर्को नमान
भन फेरी किन अचेल, दिक्दारमा छौ तिमी
के दिउं जवाफ मेरो मायामा अझै प्रश्न गर्छौ
दिलमा मेरो अर्कैको, निधारमा छौ तिमी
Sunday, February 4, 2018
गफै पो हो कि
सँगै बाँच्ने सँगै मर्ने गफै पो हो कि
अहिलेसम्म तिम्ले गर्ने गफै पो हो कि
//
ठीकै भन्यो गाह्रो अफ्ट्यारो आईपर्छ
दुवै जना मिली टर्ने गफै पो हो कि
//
यति ठूलो संसार छ धेरै मान्छे छन्
तिमीलाई म नै मनपर्ने गफै पो हो कि
//
म देखिरहेछु यहाँ मरुभूमी जताततै
भन्यौ समुन्द्र सँगै तर्ने गफै पो हो कि
//
मेरा जस्तै प्यारा आमा बुवा छाडेर
मेरो लागि बसाँई सर्ने गफै पो हो कि
उचाल्ने हुन्छन्
उचाल्ने हुन्छन् उचालिने हुन्छन्
यस्तै मुनिबाट हावा दिने हुन्छन्
हुँदै नहुने काम गर्नै हुँदैन थियो
केटाकेटीको मन बहकिने हुन्छन्
केहीबेर बस हस्ताक्षर नगरी
चित्रमा चरित्र नदेखिने हुन्छन्
चाहे त्यो मन ढुङ्गाको बनाऊ
धोकामा सजिलै रेटिने हुन्छन्
उस्को जितले भन्दा तिम्रो हारले
तिम्रै साथीहरु उफ्रिने हुन्छन्
आउन सक्छ
माया पिरतीको सन्दर्भमा आउन सक्छ
कोही नयाँ तिम्रो गर्भमा आउन सक्छ
गरेकै हो
तिम्रो जीतमा बधाई ज्ञापन गरेकै हो
गल्ती भएछ क्षमायाचन गरेकै हो
मेरोभन्दा तिम्रो मायामा कमि देखियो
मलाई दिएजति मापन गरेकै हो
हाम्रो माया प्रेम सपना बिफल भयो
तिम्रो जीतमा बधाई ज्ञापन गरेकै हो
सस्तो भयो जिन्दगी कस्ले किन्थ्यो
जताततै हिँड्दै बिज्ञापन गरेकै हो
खै कहाँसम्म पुगे मेरा गुनासाहरु ?
यी गजल हरुमा प्रशारण गरेकै हो