Saturday, March 31, 2018

चिठी (भुवनहरि सिग्देल)

To Badri Pd. Dahal
नव बसन्त यहाँ सुरुवात छ
नमन हार्दिक लाै मुटुबाट छ ।
अति अभाव सदा गुरुकाे रह्याे
अलिक याद बढ्याे अनि खाेज भाे ।।
 
ग्रहण अासिककाेे महँगाे बिटाे
सँगनिधार टिकाे जब टाँसियाे ।
थप छ झाेक र जाँगर चाहना
जब मिल्याे गुरुबाट नि प्रेरणा ।।

मगजकाे खनजाेत गरे गरा
सुकविता अनि पावन सिर्जना ।
हृदयमा जब बग्छ सफा नदी
तब छ सम्झिन लायक जीवनी ।।

बरु भयाे अबगाल मिठाे सँधै
र उपदेश मिले गुरुबाट नै ।
सफल हाेस् फल हाेस् नव वर्षमा
प्रगतिकाे गतिकाे शुभकामना ।।

To Bhuvan Hari Sigdel

नव बसन्त यहाँ सुरुवात छ
नमन हार्दिक धादिङबाट छ ।
स्वजनकाे जनकाे मनकाे कवि  
कुशल मङ्गल नै हुनुहुन्छ कि ?

हजुरका कविता रसिला अति
अपुग भाे कति धेर पिए पनि ।
किन ढिला अब एक कुरा गरूँ
अलिकता अबदेखि सताउँछु ।

गाह्रो भयो बिर्सन

के ठेगान कहाँ पुगेर कसरी टुङ्गिन्छ यो जीवनी ?
केहीमा पछुतो कसैसँग कुनै छैनन् गुनासा पनि ।
आए काल तयार जान जहिल्यै संसार छाडीकन
यौटा स्वर्ग समान यो मुलुक हो गाह्रो हुने बिर्सन ।।१।।

चासो छैन मनुष्य ती समयको भुङ्ग्रो समात्नेहरू
चाहे दौडिरहोस् न रात नभनी निद्रा नपर्नेहरू ।
चोक्टा पाउन त्यो लडाइँ झगडा भुल्नेछु आन्दोलन
लागू गर्नु छ योजना सहिदका चाहन्न त्यो बिर्सन ।।२।।

तेरो सास गएछ बल्ल भनियोस् टेकेर यो लासमा
चाहे सज्जन त्यो थियो भनिरहोस् रोएर सन्त्रासमा ।
सम्झी अश्रु बहाउने प्रति दया देखाउने छैन म
कर्णाली चुपचाप रुन्छ गहिरो गाह्रो भयो बिर्सन ।।३।।

धारा तर्र चढाइदे रगतको हाँस्छन् भने देवता
माटोको अवसान हेर्न नपरोस् गर्दैछु यो प्रार्थना ।
सारा दुःख भुलाउने छु मनको स्वर्गीय आलोकमा
आमाको अनुहारको चमक हो गाह्रो हुने बिर्सन ।।४।।

सारा फूल फुली त्यसै जमिनमा जारी छ झर्ने क्रम
मात्रै शोक वियोगका पलहरू दोहोरिए क्रन्दन ।
पैसाका सब लेनदेन सकिने भो बेचिए जीवन
फिर्ता गर्नु थियो निगाह गुरुका गाह्रो भयो बिर्सन ।।५।।

Friday, March 30, 2018

एकता

जताततै फूलहरू फुल्याे खुल्याे
 स्वार्थी भमरा डुल्याे भुल्याे
अभाव, बाधा, व्यवधान सिर्जित
भयाे सबै माैसमबाट वञ्चित
हुरी नअाए सब फूल

Thursday, March 22, 2018

रङ्गकाे पर्व अायाे

रङ्गकाे पर्व अायाे

धेरै धेरै समयअघिकाे याद फर्केर अायाे
डाडाकाँडा सबतिर यहाँ रङ्गकाे पर्व अायाे
हाँस्थ्याैँ खेल्थ्याैँ कति सँगसँगै चाड अाअाेस् नअाअाेस्
मायावी त्याे सब क्षणहरू भावना सम्झना हाेस्
तर्दै गर्दा जब विरहकाे अाँसुकाे भेल ल्यायाे
अर्काे झल्काे अलिकति लिर्इ रङ्गकाे पर्व अायाे
राताे ताजा जब रगत हाे हुन्छ कालाे पुरानाे
मान्छे चिन्ने कुन छ तरिका लाग्दछन् भीडभाड
मस्ती गर्छन् सडकबिचमा अाज अाएर चाड
 भाेलि हाेली परेछ

पानीकाे महत्व

मात्रा यहाँ नपुग्दा उत्पन्न हुन्छ राेग
हाे अाैषधी नचुक्ने सम्पूर्णमा छ श्रेष्ठ ।
झर्दैन मूत्र केही सुक्नेछ पेट अान्द्राे
पानीविना यहाँ के बच्ला रअाश त्यान्द्रा ?

सुख्खा हुनेछ राेटी खान्छाै पचाउने के ?
रित्ताे भए जवानी धान्ला र टाउकाले ?
अर्काे विकल्प खाेज्दा  विज्ञान व्यर्थ बन्छ
बाेल्दा विरुद्ध पानी त्याे रूप चाउरिन्छ ।।

Wednesday, March 21, 2018

यो जिन्दगी नदी झैँ गन्तव्य भेट्न धाओस्

युनेस्कोबाट १९९९ मार्च २१ मा घोषणा गरिएको विश्व कविता दिवसको अवसरमा सबै काव्यसाधक एवं पाठकहरूमा हार्दिक शुभकामना सहित... 
निकुञ्ज अभ्यासमालाको १०४औँ शृङ्खलामा आज हामी दिक्पाल छन्दमा अभ्यास गर्नेछौं। 

यो जिन्दगी हजारौँ बाधा सहेर बाँचोस् 
खप्दै अनेक पीडा ढुङ्गा भएर बाँचोस् 
बिर्सेर चोट चिन्ता हाँस्ने मिलोस् बहाना 
फक्रेर फूल जस्तै हाँसो छरेर बाँचोस् । 
 -जीवन काश्यप । 


समस्याः यो जिन्दगी नदी झैँ गन्तव्य भेट्न धाओस्। 
छन्दः दिक्पाल

मिल्दैछ प्रेरणा याे प्याराे निकञ्जभित्र
साहित्यमा सुनाैला काेराैँ नवीन चित्र
बिर्सेर लक्ष्य अाफ्नाे अाँखा कतै नलागाेस् 
यो जिन्दगी नदी झैँ गन्तव्य भेट्न धाओस् ।

बाल्याै दियाे उज्यालाे साेच्याै हुँदैन रात
चिम्लेर हेर्नु अाँखा देखिन्छ अन्धकार ।
अन्धाे नबन्नु चाहे ती नेत्र नै हराअाेस्
यो जिन्दगी नदी झैँ गन्तव्य भेट्न धाओस् ।।

Sunday, March 18, 2018

लेखककाे कर्तव्य

निकुञ्ज काव्य अभ्यास
श्रृङ्खला - १०१
मिति २०७४/१२/०४
छन्दः शार्दूलविक्रीडित
विषय:-लेखकको कर्तव्य


खाँचाे पर्छ जहाँ जहाँ रगतकाे पानी नपाए पनि
धर्तीमा अब जन्मियाेस् बचनले ढुङ्गा पगाल्ने कवि ।
नाैलाे स्वर्ग पु-याउने खनिदिने बाटाे कुनै देशकाे
थाेत्रा ती चुँडिए नयाँ जडिदिने दायित्व हाे काव्यकाे ।।

ठूला विज्ञ समाजका नयन हुन् सर्वस्व देखाउने
जिम्मेवार निकाय हुन् कवि स्वयं संसार लम्काउने ।।

https://www.facebook.com/groups/954096397945375?view=permalink&id=1828472627174410