यस्तै हो हालत नशा पिएपछि
बसेको छ लत नशा पिएपछि
चुपचाप बस्छु तिमी जेसुकै भन
म त्यसै गलत नशा पिएपछि
लड्न लडाउन हिम्मत आउंछ
मलाई के आपत नशा पिएपछि
बशः तिमी ढुङ्गा बनेर बस्नु
सुनाउंछु बिगत नशा पिएपछि
ऊ दिनभरी दौडिन्छ नोट बटुल्दै
बेलुका खपत नशा पिएपछि
बस्तीमा रातभर कराउने को हो
दिउंसै अबगत नशा पिएपछि
म जस्तो छु त्यस्तो नसोच है
उम्लिन्छ रगत नशा पिएपछि
No comments:
Post a Comment