गरौं मुर्ती आरधना एकैछिनपछि
देखिएला सम्भावना एकैछिनपछि
बशः तिम्लाई भूलेर निदाउन सके
भेट्न पाउंछु सपनामा एकैछिनपछि
म त्यसै हांसे यो ऐना त्यसै हांस्यो
संसार लाग्छ पागल्खाना एकैछिनपछि
रोएर बिदाई गर्नुहुन्न भन्छन् सबै
एक्लै रोईन् होली आमा एकैछिनपछि
यहां धेरै पहिलेको याद ताजा लाग्छ
घरमा बासी हुन्थ्यो खाना एकैछिनपछि
उ आफैं रित्तो-रित्तो छ कसरी भर्छ ?
भेटेजति खाली पाना एकैछिनपछि
No comments:
Post a Comment