बेहोसीमा सबै निदान भूलेर
बनाएछु साथी बिधान भूलेर
फिस्स हांसेंछु सपनामा डुबी
ब्युंझिनैपर्ने यो बिहान भूलेर
रातहरु प्राय सोचमा बित्दैछ
दिनभरी सोचेको थकान भूलेर
अब कहां जाने छट्पटिन्छु
अवस्य पुग्ने चिहान भूलेर
आशा छैन
शान्ती मरेपछि
यो माटोले माग्ने लगान भूलेर
शायद माया तिम्रै बढी थ्यो
पग्लियो ढुङ्गा अडान भूलेर
No comments:
Post a Comment