गजल (Draft)
चकचके चञ्चले मन मेरो पनि थियो
र अचम्मको बचपन मेरो पनि थियो
न कसैले लेखिदियो न मैले लेखें
जीवनी जस्तै जीवन मेरो पनि थियो
तिम्रो लायक बन्न खोज्दा म अर्कै बनें
गर्व थियो आफ्नै पन मेरो पनि थियो
आंखा पाएपछि भित्ताले यो सोच्यो
कुरौटेको झैं श्रवण मेरो पनि थियो
आईपुगें मरुभूमीमा खै के सोचेर
निलो उज्यालो गगन मेरो पनि थियो
No comments:
Post a Comment