Thursday, November 16, 2017

तगारो भएपछि

जीन्दगी जीन्दगीको, तगारो भएपछि
त्यो भन्दा अर्को बाटो, अफ्ट्यारो भएपछि

दिनभरि सडकमा बस्यो, भीख माग्यो
उठ्यो डिंड्यो लङ्गडो, अंध्यारो भएपछि

सरकार! म पनि कुनदिन बिदेश गैदिन्छु
बालबच्चा देशभन्दा प्यारो भएपछि

दुईवटा बिकल्प थियो दुईटै मिल्थ्यो
के गर्थें खै एउटा छान्न गाह्रो भएपछि

No comments:

Post a Comment