बरु त्यागिदिन्छु दुनियां के भो त
गर्दै नगर तिमी माया के भो त
मेरो भन्नु सारा तिम्रै त थियो नि
चाहन्छौ फुटाउ जाउ सपना के भो त
खुसी देख्दा तिमीलाई मुस्कुराईदिन्थें
रित्तो हुनेछ अब ऐना के भो त
ठीकै त छ नि दुईचार हल्ला चलेछ
यस्तै त छ यार हाम्रो बेला के भो त
पर्खि रहेछु भन आउन्नौ भने
रोकिदिन्छु जीन्दगी आधा के भो त
मेरो मुटु बोकी डोली चढी जानु
खुसी हुन्छन् बुवा आमा के भो त
सदा सदा यादमा डुबेको हुनेछु
जति नै जाउ मबाट टाढा के भो त
No comments:
Post a Comment