प्रिय,
तिम्ले मलाई लुटेकी छौ
म तिम्रो पर्दाफास गर्न चाहन्छु
र सदासदा तिमीलाई कैद गर्न चाहन्छु
तर म पटकपटक असफल हुन्छु
र आफैंसंग गुनासो गरेर चुपचाप उभिरहन्छु
प्रिय,
म टाउकोमा तिम्रो तस्बीर राखेको छु
र हेरिरहेछु त्यो तिमीलाई सीसी क्यामेराले झैं
तर त्यो दृष्य कसैगरी सार्बजनिक भित्तामा रिफ्लेक्ट हुंदैन
त्यसैले म असफल हुन्छु
र आफैंसंग गुनासो गरेर चुपचाप उभिरहेछु
प्रिय,
तिमी पुतलीझैं
बिस्तारै चुपचाप
मेरो शून्य हाताभित्र आयौ, पखेटा चलाईरह्यौ
फरफर फरफर
म तिम्रो अवतरणको पर्खाईमा तनमन नचलाईकन
सास नचलाईकन
घडीका सुईहरु समातेर उभिरहें, हेरिरहें, उभिरहें
मेरो बायुमण्डलका हावाहरुसंग तिमी
सास साटिरह्यौ
मेरो एक्लोपनाहरुलाई झस्काईरह्यौ
र पखेटाहरु चलाएर हाम्रा सासहरुलाई मिसाईदियौ
कहिल्यै नछुट्टिने गरी
र मेरो सबथोक ऐनाबाट झिकेर लग्यौ, रित्तो छाडिदियौ
तर म असफल हुन्छु
र आफैंसंग गुनासो गरेर चुपचाप उभिरहन्छु
प्रिय,
तिम्ले आफैंलाई कतिपल्ट हेरेकी छौ ?
त्यो भन्दा बढी पटक तिम्रो छोटो चलचित्र मेरो आंखामा रिप्ले भैसकेको छ
तर मैले तिम्रो हुलिया भन्न जांनिनं
शायद तिमीले मेरो आंखा र मुख जोड्ने तार चुंडाएकी हुनुपर्छ
त्यसैले म असफल हुन्छु
र आफैंसंग गुनासो गरेर चुपचाप उभिरहन्छु
प्रिय,
म तिम्रो तस्बीर कोरेर चोकमा टांस्न चाहन्थें
तर बनाउंदा बनाउंदै तिमी उडेर गयौ
र खाली मेरो लथालिङ्ग संसार मात्र बांकी रह्यो
त्यसरी म असफल हुन्छु
र आफैंसंग गुनासो गरेर चुपचाप उभिरहन्छु
प्रिय,
म तिम्रो कविता लेखेर सुचना बोर्डमा टांस्न चाहन्थें
तर लेख्दालेख्दै तिमी कवितामा अट्न सकिनौं
र मैले लेख्न छाडिदिएं...

No comments:
Post a Comment