Monday, February 26, 2018

सकिए तेरा उज्याला दिन

निकुञ्ज अभ्यासमाला ८२
छन्दःशार्दूलविक्रीडित
समस्याः सकिए तेरा उज्याला दिन
अभ्यास समयः ०८ः०० देखि ०९ः०० साँझ
(सिरियाको नर संहार प्रति कविहरूको भावना।)

सकिए तेरा उज्याला दिन

भत्काइस् सबका नयाँ घरहरू बन्दै गरेका थिए
नौला पुष्प अबोध आँगन भरी फुल्दै गरेका थिए
टुक्रेका सपना र मानसिकता सक्छस् यथावत् बना
गर्दैछन् प्रतिकार बुझ्नु सकिए तेरा उज्याला दिन ।

के सोच्छस् नभए अभाव रुपियाँ चल्नेछ तेरो सबै ?
जे चाह्यो सहसा त्यही गरिदिने आफैँ महादेव झैँ
तेरो कर्म विरुद्धमा दिनदिनै बढ्दैछ आलोचना
हौसिन्छस् कतिखेरसम्म सकिए तेरा उज्याला दिन ।
- विजय तामाङ

No comments:

Post a Comment