Sunday, February 4, 2018

आउन सक्छ

माया पिरतीको सन्दर्भमा आउन सक्छ
कोही नयाँ तिम्रो गर्भमा आउन सक्छ

गरेकै हो

तिम्रो जीतमा बधाई ज्ञापन गरेकै हो
गल्ती भएछ क्षमायाचन गरेकै हो

मेरोभन्दा तिम्रो मायामा कमि देखियो
मलाई दिएजति मापन गरेकै हो

हाम्रो माया प्रेम सपना बिफल भयो
तिम्रो जीतमा बधाई ज्ञापन गरेकै हो

सस्तो भयो जिन्दगी कस्ले किन्थ्यो
जताततै हिँड्दै बिज्ञापन गरेकै हो

खै कहाँसम्म पुगे मेरा गुनासाहरु ?
यी गजल हरुमा प्रशारण गरेकै हो

Wednesday, January 31, 2018

प्रतिभा निकुञ्ज - माघ 17 2074

काला भए चन्द्रमा

डुब्दा सूर्य यहाँ उपस्थित भई सारा उज्यालो दियो
सिङ्गो यो धरती अहो चहकिलो साँच्चै खुसीमा थियो
लौ आऊ नगरी ढिलो सबजना बत्ती लिई हातमा
हाम्रो प्राङ्गणबाट हेर्नु नभमा काला भए चन्द्रमा

-विजय तामाङ

लुट्यो खै कसले प्रकाश किन हो थाहै नपाई कहाँ
यस्तो जीवन अन्धकार जगमा बाँच्ला र कोही यहाँ
रातमा

Monday, January 29, 2018

Magh 15, 2074 Jan 29, 2017

Today, I feel like I have to die today. It's because I have to start new life from tommorow.
I can't live anymore this kinda life, uufff... I don't have idea how people feel before dying, but I am definitely feeling a feeling which may be felt only by people who are going to die in no time from now.
I will wake up tommorow in a new world.
......Today, I can't write anymore! 
.......I am broken!!

12th Magh 2074 Friday Evening in Khatauti Beach Fire Camp Photos













Sunday, January 28, 2018

केहीदिन

लुकेको भए परिचय केहीदिन
चल्ने थियो यस्तै समय केहीदिन

पूरानो धरहरा ठाडै बस्थ्यो कि
नआएको भए प्रलय केहीदिन

हे बटुवा तँ मालिक हुन्छस् ?
मिल्यो भन्दैमा आश्रय केहीदिन

टिक्थ्यो मेरो निजी भएको भए त
तिम्रो भैदियो यो हृदय केहीदिन

लामो थियो जिन्दगी सकियो
गरेर मिलेन विनय केहीदिन

सरकारको बानी अबगत नै छ
थाती रहन्छ निर्णय केहीदिन

तिम्ले नाटक हो नभन्नुपर्थ्यो
बाँच्थ्यो अझै ‘विजय’ केहीदिन

Wednesday, January 24, 2018

तिमी मलाई केही नदेऊ

तिमी मलाई केही नदेऊ
माया नदेऊ
याद नदेऊ
यति तिमीसँग मैले लिन मिल्ने केही छ भने
त्यो नदेऊ ।

किनभने
मैले आज एउटा बहुमूल्य चीज पाएको थिएँ
जसको मालिक म हुन पाएपछि मलाई केही चाहिएन
र म बडो जतनका साथ
त्यसलाई
आफ्ना हातका
मुठ्ठीमा च्याप्प समातेर बसीरहेँ
र मलाई त्यसले धेरै धेरै माथि उचालिरहेको थियो
त्यसैबेला कुनै सानो कारणवश:
म झल्याँस्स ब्युझिएँ
त्यसपछि अर्धचेतन भई धेरैबेरसम्म प्रार्थना गरीरहेँ ।

हे भगवान !
हालसालै जुन भूकम्प गयो
मलाई थाहा छैन
त्यसको असर मेरो कुन हिस्सामा पर्यो ?
छाती भासियो ?
कि नाक काटियो कि ?
टाउको चेप्टियो कि ?
या निधार चर्कियो !
अहो ! मलाई जे सुकै भएको होस्
तर मेरो मुठ्ठीमा रहेको त्यो चीज सकुशल रहेको खबर सुन्न पाऊँ ।
तर बिडम्बना !
म ब्युँझिएपनि मेरा मुठीहरु
कडासँग च्यापिएको थियो
तर त्यसभित्र त्यो बहुमुल्य चीज थिएन ।

यो के भयो ?
म जिन्दगीको बारेमा यति धेरै गम्भिर थिएँ
कति दौडिएँ
छटपटिएँ
रोएँ
कराएँ
गुहारेँ
चिन्तित भएँ
र बल्लबल्ल त्यो दुःखको फल मिलेको थियो
अनि केही समयपछि महसुस भयो
त्यो एउटा सपना थियो ।
र म ज्यादै दुःखी भएँ ।
अझैसम्म पनि यो मन एक ढिक्कामा जमीरहेछ ।

के त्यो एउटा सपना मात्रै थियो ?
त्यसको बिपनासँग कुनै लेनदेन हुँदैन ?
के म अझै सपनामै छु ?
हुन त
शायद म सपनामा निदाएँको थिएँ
र सपनामै ब्युझिएँको छु
अब यो सपनाबाट पनि ब्युँझिनु छ
त्यसैले
तिमी मलाई केही नदेऊ

यदि दियौ भने
फेरी म केही समयपछि ब्युँझिनेछु
र प्रार्थना गर्नेछु
हे भगवान !
म मरेपनि उनले दिएको केही मसँग होस् ।
तर बिडम्बना !
म ब्युँझिदा मेरा मुठ्ठीहरु जतिसुकै
कडासँग च्यापिएको भएपनि
सपनामा जतनसँग च्यापेको तिम्रो याद
त्यस मुठ्ठीभित्र हुनेछैन

म फेरी अर्कोपटक पनि मूर्ख साबित हुने छु ।
र झन् दोधारमा पर्नेछु
कि अहिले म सपनामा छु या बिपनामा !

त्यसैले तिमी मलाई केही नदेऊ !
माया नदेऊ
याद नदेऊ
यति तिमीसँग मैले लिन मिल्ने केही छ भने
त्यो नदेऊ ।