Monday, March 12, 2018

ढुङ्गा स्वयम् र्इश्वर

कविताः ढुङ्गा स्वयं र्इश्वर
छन्दः शार्दूलविक्रीडित

गर्दैनन् पनपक्ष पाप कुभलाे कोही कसैकाे कतै
आँखामा तल माथि छैन उसको सम्पूर्ण संसार नै ।
टुङ्गाे छैन निवास देव रहने ब्रह्माण्डमा अाखिर
बुझ्ने मानिस हौ भने यदि तिमी ढुङ्गा स्वयं र्इश्वर ।।१।।

बारम्बार मनुष्यका मगजमा सङ्कल्प धेरै रहे
ढुङ्गाको मन हो तटस्थ प्रतिमा मान्छे तिमी जान हे ।
अप्ठेराे जब पर्छ याे भुवनमा स्वर्गीयका के भर ?
द्याैता झैँ सब ठाउँ साथ रहने ढुङ्गा स्वयं र्इश्वर ।।२।।
 
मान्छाैँ दूर नदेखिने प्रकृतिका द्याैताहरूका कथा
मानाैँ फुर्सद छैन सुन्न कहिल्यै ढुङ्गाहरूका व्यथा ।
पूजा ढाेग गरे सबेर सबले पस्दा यिनी मन्दिर
इच्छा स्वप्न व्रतालुका सुनिदिने ढुङ्गा स्वयं र्इश्वर ।।३।।

केही  लक्षण देखिए सयलका हाँसेर रम्छन् हदै
चिन्ता दुःख कतै परे अलिकता अाैधी अलाप्छन् कठै ।
एकैनास कहाँ परिस्थिति जहाँ फेरिन्छ कालान्तर ?
बस्छन् ती चुपचाप व्यक्त नगरी ढुङ्गा स्वयं र्इश्वर ।।४।। 

पृथ्वीमा सब व्यर्थ मानिसहरू देखाउँछन् नाटक
काे उत्कृष्ट छ ? फैसला गरिदिने ढुङ्गा छ निर्णायक ।
गुम्बा चैत्य विशाल मस्जिद कतै पाैवा र गिर्जाघर
धर्मात्मा अनुकूल उत्तर दिने ढुङ्गा स्वयं र्इश्वर ।।५।।

बोल्दैनन् तर धेर्य छन् हरघडी सन्तुष्ट यी पत्थर
ईर्ष्या स्वार्थ पछ्याउँदै छ नरले सन्तृप्त हुन्नन् अतः ।
मान्छेका उपलब्ध श्रोत कति छन् बन्छन् सँधै आतुर
देख्दैनन् सपना न मान्छ पछुतो ढुङ्गा स्वयं ईश्वर ।।६।।

पीडा शाेक तथा वियोग दुबिधा अार्इपरेता पनि
केहीबेर बसी अगाडि नजिकै काेही मरेतापनि ।
नाैलाे हैन यथार्थ याे नियम हाे गर्लान् गुनासा तर
लाखौँ साल अनन्त बाँचिरहने  ढुङ्गा स्वयं ईश्वर ।।७।।

श्रद्धाञ्जली अर्पण

अामाबाबु र दाजुभाइ बहिनी तिम्राे प्रतिक्षा गरी
ल्यायौ अाज बहार अश्रु जल याे राखेर अाँखा भरि ।
तिम्राे माथ चुमेर मूर्छित हुने इच्छा थिए अन्तिम
यस्ताे हालत सिर्जना अब भयाे श्रद्धाञ्जली अर्पण ।।

देखिन्छाै इतिहासका हरफमा सच्चा विजेता तिमी ।
याे भूमण्डलकाे अथाह पथ भै संसार डुल्दा पनि
अाफ्नै अाँगनमा पराजित भयाै के के थिए कारण ?
अाधा जीवनमा दिवंगत भयाै श्रद्धाञ्जली अर्पण ।।

बेँसी झर्छु बरालिएर तर यो छाती नभुल्ने भयो
चढ्दा लेक गुराँसका अब कुनै थुङ्गा नफुल्ने भयो ।
के थाहा कतिखेर देह यसरी ढल्नेछ यो जीवन
क्यै गर्दा पनि हुन्न शान्ति मनमा श्रद्धाञ्जली अर्पण ।।

पायौ दुःख अनेक झन्झट यहाँ हाम्रो थियौ पाहुना
पक्कै हर्ष  लोकभरिको मिल्नेछ त्यो स्वर्गमा
बाचुञ्जेल थिए अथाह सपना बाँकी थिए शासना
अात्मा शान्ति रहाेस् बितेपछि सदा श्रद्धाञ्जली अर्पण ।।

मेराे धेर छ अायु भन्छ कसले बाँच्ने कतिञ्जेल हाे ?
यात्रा जीवनकाे अथाह सकिने साँच्चै अनाैठाे छ याे । 

नेपाली जन हाे नबिर्सनु कतै एक्कासि लाग्ला दशा
यस्तै घट्दछ दर्दनाक घटना बेला कुबेला यहाँ ।
मान्नैपर्छ सदैव प्राण जिउँदाे बाँच्दैन अाजीवन
 मुटुमा श्रद्धाञ्जली अर्पण ।।
अचानक तिमी
मेराे याे सब शाेक व्यक्तिगत हाे श्रद्धाञ्जली अर्पण
 अनिश्चित रह्याे
साेचेँ

Sunday, March 4, 2018

लगनशील छ जो सुख पाउँछ

निकुञ्ज अभ्यासमालाको ८८ औँ शृङ्खलामा आज हामी द्रुतविलम्बित छन्दमा अभ्यास गर्नेछौँ । 
छन्द - द्रुतविलम्बित 
गण - न भ भ र 
सङ्केत - III SII SII SIS

जुनकिरी अरुको भरमा बसे
चहकिलो बिपना कसरी हुने ?
नियम हो दिनमा रवि आउँछ
लगनशील छ जो सुख पाउँछ ।

सतहमा रहँदा सुन मिल्छ र ?
गहिरिए पिँधमा जुन मिल्दछ
सफल भै प्रतिभा अनि अाउँछ
लगनशील छ जो सुख पाउँछ ।
- विजय तामाङ

Saturday, March 3, 2018

सद्भावना

 बाध्यता हाे
 सभ्यताकाे
काेही मान्छे गलत पथमा हिँड्न लाचार हुन्छन्
हाँस्ने खेल्ने समय नपुगी
हाम्राे जस्तै सब मुलुकमा  घाम लाग्दैन राती
बुझ्दै जाँदा मनुज सबका दुःख उस्तै छ साथी

साेचेजस्ताे सफल नहुने जिन्दगीकाे परीक्षा
दाेबाटाेमा
भन्दै हिड्छाै सब नियतिकाे खेल हाे जिन्दगी याे

Friday, March 2, 2018

चलेकै छ अाज

दुवैपट्टि टाेली चलेकै छ अाज
मलामी र डाेली चलेकै छ अाज

तिमी रङ्गिएकी हिजाे मात्र हैनाै
म देख्दैछु हाेली चलेकै छ अाज

यहाँ शान्ति धेरै सुरक्षा छ भन्छाै खुलेअाम गाेली चलेकै छ अाज

न अाफन्त धेरै न सम्पत्ति पैसा
हुँदा भाेक बाेली चलेकै छ अाज

शुभारम्भ तिम्राे भयाे जिन्दगीकाे
यता वक्ष पाेली चलेकै छ अाज

Tuesday, February 27, 2018

मौरी कालिज हौँ कुनै मनुहरू कोही चमेरा भयाैँ
आफू दक्ष रहौँ मिलौँ सबजना माटो सुरक्षा गरौँ
साझा जङ्गल झैँ छ देश सबको आवास प्यारो छ यो
हात्ती होस् कि मुसा बसेपछि सँगै कर्तब्य हाम्रो भयो ।
- विजय तामाङ

खाेज्छाै स्वर्ग  कता ?
ईर्ष्या डाह कुभावना गलत हुन् भुल्ने गरौ शत्रुता

सफा सुन्दर

Monday, February 26, 2018

सकिए तेरा उज्याला दिन

निकुञ्ज अभ्यासमाला ८२
छन्दःशार्दूलविक्रीडित
समस्याः सकिए तेरा उज्याला दिन
अभ्यास समयः ०८ः०० देखि ०९ः०० साँझ
(सिरियाको नर संहार प्रति कविहरूको भावना।)

सकिए तेरा उज्याला दिन

भत्काइस् सबका नयाँ घरहरू बन्दै गरेका थिए
नौला पुष्प अबोध आँगन भरी फुल्दै गरेका थिए
टुक्रेका सपना र मानसिकता सक्छस् यथावत् बना
गर्दैछन् प्रतिकार बुझ्नु सकिए तेरा उज्याला दिन ।

के सोच्छस् नभए अभाव रुपियाँ चल्नेछ तेरो सबै ?
जे चाह्यो सहसा त्यही गरिदिने आफैँ महादेव झैँ
तेरो कर्म विरुद्धमा दिनदिनै बढ्दैछ आलोचना
हौसिन्छस् कतिखेरसम्म सकिए तेरा उज्याला दिन ।
- विजय तामाङ