Tuesday, February 20, 2018

सम्झे पुराना दिन आँसु झर्छन्

 निकुञ्ज अभ्यासमाला ७६ अाैँ श्रृङखला
छन्द - उपजाति (इन्द्रवज्रा+उपेन्द्रवज्रा) 
इन्द्रवज्रा - त त ज गु गु 
गणसङ्केत - SSI SSI ISI S S 
उपेन्द्रवज्रा - ज त ज गु गु 
गणसङ्केत - ISI SSI ISI S S  
 
चङ्गा उडाई चुँडिएछ धागो
लाग्दैछ छाती बिचमा छ आगो
भविष्यको चिन्तनले पिरोल्छन्
सम्झे पुराना दिन आँसु झर्छन्

सबैकुरा झूट थियो हमेसा
स्वार्थी तिमी धेर गरेँ भरोसा
एक्लै हुँदा याद बढी भयो झन्
सम्झे पुराना दिन आँसु झर्छन्
-विजय तामाङ

No comments:

Post a Comment