Friday, October 13, 2017

अभियान चलाएर

चलाउंदैछौ जीन्दगी अभियान चलाएर
के चैं गर्छौ तिमी अभियान चलाएर

घर बडारेर आंगनमा थुपारी दिन्छौ
सबै फोहोर जति अभियान चलाएर

दुनियांसामु झुटो साबित गर्छौ अरे
हाम्रो माया प्रीती अभियान चलाएर

छुरा पछाडिबाट रोप्छन् भन्ने सुनें
घटाउंदैछु साथी अभियान चलाएर

तिमी नजिक रहनु या टा...ढा रहनु
दुखाईरहनु छाती अभियान चलाएर

म हांस्छु ऐनाजस्तै तिमी मुस्कुराउ
मनाउ खुसीयाली अभियान चलाएर

उचित थिएन

झगडा छुट्याईदिने सुरक्षित थिएन
त्यसैले म त्यहां बोल्नु उचित थिएन

तिमी आयौ भित्र मेरो जलाई गयौ
राहत उसैले पायो जो पिडीत थिएन

तक्मा शहिदको भिर्दैमा अमर भयो
तर देशको लागि ऊ जिवीत थिएन

नाङ्गो छाती देखाई बहकाउन खोज्छ
मौरी बुझेरै फूलमा आकर्षित थिएन

हाम्लाई पनि दशैं लाग्थ्यो सानो छंदा
सम्झी मुटु खियाउने यी अतीत थिएन

उसको बुवा कति धनी? अनुमान गरौं
ऊ पिंजडामा सुखबाट बञ्चित थिएन

सबै भन्छन् सानो चोटमै विजय हार्यो
तिमी बुझ्नु दुखाई मनमा सीमीत थिएन

नशा पिएपछि

यस्तै हो हालत नशा पिएपछि
बसेको छ लत नशा पिएपछि

चुपचाप बस्छु तिमी जेसुकै भन
म त्यसै गलत नशा पिएपछि

लड्न लडाउन हिम्मत आउंछ
मलाई के आपत नशा पिएपछि

बशः तिमी ढुङ्गा बनेर बस्नु
सुनाउंछु बिगत नशा पिएपछि

ऊ दिनभरी दौडिन्छ नोट बटुल्दै
बेलुका खपत नशा पिएपछि

बस्तीमा रातभर कराउने को हो
दिउंसै अबगत नशा पिएपछि

म जस्तो छु त्यस्तो नसोच है
उम्लिन्छ रगत नशा पिएपछि

ठीकै भयो

पाईला मोडियो त ठीकै भयो
नाता तोडियो त ठीकै भयो

नत्र म बगेरै मर्थें बगरमा
जुत्ता छोडियो त ठीकै भयो

बम पड्किनै आंटेको रहेछ
झोला चोरियो त ठीकै भयो

कसरी बांच्थें म मरुभूमीमा
यहां जन्मियो त ठीकै भयो

मरेकै भए पनि ठीकै हुन्थ्यो
फेरी बांचियो त ठीकै भयो

एकैछिनपछि

गरौं मुर्ती आरधना एकैछिनपछि
देखिएला सम्भावना एकैछिनपछि

बशः तिम्लाई भूलेर निदाउन सके
भेट्न पाउंछु सपनामा एकैछिनपछि

म  त्यसै  हांसे  यो  ऐना  त्यसै  हांस्यो
संसार लाग्छ पागल्खाना एकैछिनपछि

रोएर  बिदाई  गर्नुहुन्न  भन्छन्  सबै
एक्लै रोईन् होली आमा एकैछिनपछि

यहां धेरै पहिलेको याद ताजा लाग्छ
घरमा बासी हुन्थ्यो खाना एकैछिनपछि

उ आफैं रित्तो-रित्तो छ कसरी भर्छ ?
भेटेजति खाली पाना एकैछिनपछि

Thursday, October 5, 2017

गजल

यस्तै हो हालत नशा पिएपछि
बसेको छ लत नशा पिएपछि

चुपचाप बस्छु तिमी जेसुकै भन
म त्यसै गलत नशा पिएपछि

लड्न लडाउन हिम्मत आउंछ
मलाई के आपत नशा पिएपछि

बशः तिमी ढुङ्गा बनेर बस्नु
सुनाउंछु बिगत नशा पिएपछि

ऊ दिनभरी दौडिन्छ नोट बटुल्दै
बेलुका खपत नशा पिएपछि

बस्तीमा रातभर कराउने को हो
दिउंसै अबगत नशा पिएपछि

म जस्तो छु त्यस्तो नसोच है
उम्लिन्छ रगत नशा पिएपछि