Monday, February 26, 2018

सकिए तेरा उज्याला दिन

निकुञ्ज अभ्यासमाला ८२
छन्दःशार्दूलविक्रीडित
समस्याः सकिए तेरा उज्याला दिन
अभ्यास समयः ०८ः०० देखि ०९ः०० साँझ
(सिरियाको नर संहार प्रति कविहरूको भावना।)

सकिए तेरा उज्याला दिन

भत्काइस् सबका नयाँ घरहरू बन्दै गरेका थिए
नौला पुष्प अबोध आँगन भरी फुल्दै गरेका थिए
टुक्रेका सपना र मानसिकता सक्छस् यथावत् बना
गर्दैछन् प्रतिकार बुझ्नु सकिए तेरा उज्याला दिन ।

के सोच्छस् नभए अभाव रुपियाँ चल्नेछ तेरो सबै ?
जे चाह्यो सहसा त्यही गरिदिने आफैँ महादेव झैँ
तेरो कर्म विरुद्धमा दिनदिनै बढ्दैछ आलोचना
हौसिन्छस् कतिखेरसम्म सकिए तेरा उज्याला दिन ।
- विजय तामाङ

Sunday, February 25, 2018

सिरिया

सम्झे दुख्दछ दुःखमा छ सिरिया अावाज अायाे यतै
फुल्ने फूलहरू अभाव रहला भत्के बगैँचा सबै
हाम्राे देश धनी भए अलिकता पानी पठाअाैँ त्यता
थाेरै राहत मिल्छ है रगतकाे खाँचाे परेकाे पला

यस्तै झैझगडा अथाह पहिले नेपालमा भैदियाे
नेपाली इतिहास अाज सहसा साकार दाेहाेरियाे
हामी हाैँ सब बन्धुबान्धव भने नारा बिरामी भयाे
नाेक्सानी सब विश्वकाे निकट भाे माटाे खरानी भयाे

सुन्दा काँतर कान डम्म थुनिए
विकासमा सपथकाे नारा बिरामी भयाे

मर्नेहरू

नेपाली मन याे स्वभाव यसकाे

शालिनी

तातै खाउँ पाेलिएरै मरूँ मभन्दै अायाै राेक्न केही गरूँ म
सारा खाता च्यातियाे है किताब
पानापाना खाेज्नु राखी हिसाब

मायाकाे महत्व

निकुञ्ज अभ्यासमालाको ८१ औँ शृङ्खलामा आज हामी नेपाली लोकलय झ्याउरेमा अभ्यास गर्नेछौँ । झ्याउरे नेपालको अत्यन्त प्रसिद्ध लोकलय हो । देवकोटाका मुनामदन, कुञ्जिनी, माधव घिमिरेको पापिनी आमा लगायत विभिन्न खण्डकाव्यहरूमा यसको सशक्त प्रयोग भएको देखिन्छ । दुर्इ हरफको एक पद्य मानिने यस झ्याउरे लयमा एक हरफमा १६ अक्षर हुन्छन् भने शास्त्रीय छन्दमा झैँ यसलार्इ गण या मात्रागणनाको दायरामा राखिँदैन । स्थिति हेरेर स्वरको उच्चारणमा आवश्यकताअनुरूप लघुलार्इ गुरु र गुरुलार्इ लघु पनि उच्चारण गर्ने प्रचलन छ । नेपाली समाजमा भिन्न भिन्न झ्याउरे लय प्रसिद्ध छन् । तीमध्ये मुनामदनको लय सर्वाधिक लोकप्रिय छ । आज हामी सोही लयमा लेखनको अभ्यास गर्नेछौँ । झ्याउरे लयमा एक श्लोकमा दुर्इ हरफ हुने भनिए पनि हामी आज चार हरफलार्इ एक पद्य मानी अभ्यास गर्नेछौँ । जसमा चतुर्थ हरफमा समस्या अनिवार्य रूपमा आउनुपर्नेछ । 
छन्द - झ्याउरे (लोकलय) 
अक्षर - ३+२/३+२/३+३ = १६ 
विश्राम - पञ्चम, दशम र अन्तिममा । 
समस्या - मायाकाे महत्व। 

चल्दैछ यहाँ परीक्षा हाम्राे उत्तीर्ण हुनुछ
कर्तव्य पुरा गरेर अर्कै लाेकमा जानुछ
सङ्कीर्ण बनी घृणा र इर्ष्या गरेर के पत्ताे
सद्भाव राखाैँ सबैमा बुझाैँ मायाकाे महत्व
- विजय तामाङ

Saturday, February 24, 2018

संस्कार हाम्राे मनमा बस्छ मेटेर मेटिन्न ।

निकुञ्ज अभ्यासमाला ८० औँ शृङ्खला 
 छन्द - झ्याउरे (लोकलय) 
अक्षर - ३+२/३+२/३+३ = १६ 
विश्राम - पञ्चम, दशम र अन्तिममा । 
समस्या - संस्कार हाम्राे मनमा बस्छ मेटेर मेटिन्न ।


झुक्दछन् शिर नेपाली टाेपी माथमा नभए
अात्मामा अाफ्नै इज्जत हुन्न सत्कर्म नगरे
काटेर अाफैँ अरुकाे पूजा सत्कार गरिन्न
संस्कार हाम्राे मनमा बस्छ मेटेर मेटिन्न ।

काेपिला सुके फुल्दैन फेरि पालुवा लागेर
नेपाली कहाँ नेपाली हुन्छाैँ नेपाल भूलेर ?
पुर्खाले हाम्राे लेखेकाे जस्ताे लेखेर लेखिन्न
संस्कार हाम्राे मनमा बस्छ मेटेर मेटिन्न ।
- विजय तामाङ

सम्भावना देखियाे

दाेस्ताना अब एेतिहासिक बन्याे धेरै पुरानाे भयाे
बेला माैसम लाग्छ याे समय नै बेमाैसमी वैलियाे
उत्साही तटमा सबै मनमनै बग्दै थियाैँ छाल झैँ
एकाएक अथाह भै बदलियाे अाकाश तत्काल नै ।१।

चिन्तामा किन माैन छाैँ सबजना काेही नमर्दा पनि
भावातीत यहाँ नवीन घटना केही नघट्दा पनि
मायाकाे अनुमान मात्र गरियाे अाधार पाएँ जब
साेच्थेँ सुन्दर जिन्दगी हरघडी बाँच्नेछु साथीसँग ।२।

बाेल्दा सुध्रिन सक्छ हालत दशा सारा समस्याहरू
बढ्ता बिग्रिन सक्छ माैन रहँदा सम्बन्ध बाँकी बरु
के चल्दैछ दिमागमा मनुजकाे बुझ्नै नसक्ने भयाे
के गर्थेँ जब साथमा नरहने सम्भावना देखियाे ? ।३।




एेना बाेल्छ खिस्याउने नजरले एक्लै नबाेल्दा पनि
खै तेराे सब मित्रता मरिगयाे हाँस्दैछ यस्ताे भनी ।३।

अाफ्नै मानिस हाैँ सबै भन कता कस्ले सुनायाे कुरा

मैले बुझ्न नस गल्ती गरेकाे भए
माफी मलार्इ दिनु
बाँच्ने जुक्ति कुनै नयाँ मगजमा  अाएन जस्तै गरी
झर्नामा बहने प्रशस्त जल झैँ झर्छन् विनाकारण
मेराे सामु यताउता नगर है त्याे शब्द उच्चारण
शैलीमा बाँच्दै कुनै यादमा

Friday, February 23, 2018

अचम्मकाे छ जिन्दगी

निकुञ्ज अभ्यासमाला ७९ औँ शृङ्खला
छन्द - पञ्चचामर गण - ज र ज र ज गु 
गणसङ्केत - ISI SIS ISI SIS ISI S 
विषय - जिन्दगी । 

समुन्द्र पुग्ने लक्ष्य हाे नदीजसाे निरन्तर
व्यथाहरू अथाह छन्  कुनै हिसाब हुन्छ र ?
हटाउँछन् यदाकदा गरी प्रयाेग अाेखती
पुरा विचार हुन्न है अचम्मकाे छ जिन्दगी ।

भुलेर स्वर्गसम्मकाे उडान एकचाेटि हाे
गरेर व्यर्थ सामना असङ्ख्य राेगव्याधिकाे
प्रशस्त साल बाँचियाे रहस्य गाेप्य तैपनि
 यथार्थ हाे कि कल्पना अचम्मकाे छ जिन्दगी ।